चैत्र १६, २०८० शुक्रबार

बर्खायाममा स्वास्थ्यप्रति थप सगज बनौं

सम्पादकीय
झापामा अविरल वर्षाका कारण करिव ३ सय घरपरिवार प्रभावित भए । पानीको बहाव घट्दै गएको हुनाले प्रभावित प्रभावित परिवार घर फर्किन थालेका छन् । वर्षाका कारण मानवीय क्षति भएको छैन, जिल्लामा । तर, पशुचौपाय पंक्षीमा क्षति भएको छ । वर्षाको समयमा स्वास्थ्यप्रति सचेत हुन जरुरी छ । बाढीको समयमा नदीनालाबाट बगेर आउने फोहोर मानव स्वास्थ्यका लागि धेरै हानीकारक छन् । अहिले बर्खाको समय भएकाले नियमित पानी परेको छ । त्यसले गर्दा बाढी आउने, पहिरो जाने गर्छ । झापामा पहिरो भन्दा धेरै बाढीको जोखिम हुने गरेको छ ।

जिल्लामा गौरादह नगरपालिका बाहेक सबै पालिका बाढीबाट प्रभावित छन् । त्यहाँ प्रभावितहरु विस्तारै घर फर्किन थाले । बाढीबाट प्रभावित मानिसहरुलाई अब जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक छ । पानी उमालेर खाने, पोषणयुक्त खानेकुरा खाने, सरसफाईमा ध्यान दिन जरुरी छ । यो समय मौसम परिवर्तन हुने समय पनि हो । त्यसकारण मौसम परिवर्तन हुने समयमा मौसमी रुघाखोकी, ज्वरो लाग्न सक्दछ । त्यसैले बाढी प्रभावित ठाउँका मानिसहरुलाई यस्ता खालका रोगबाट बचाउनका लागि सफा पानी, स्वस्थ खानाको व्यवस्था मिलाउन जरुरी छ ।

बाढीबाट प्रभावित नागरिकहरुलाई स्थानीय तहले सुक्षित ठाउँमा राख्यो । अहिले पालिकाहरुकै समन्वयमा घर फिर्ति भइरहेको छ । उनीहरुका लागि स्थानीय तहले स्वास्थ्य सुरक्षाका लागि विशेष चासो दिन आवश्यक छ । स्वास्थ्य चौकीमा सेवा दिने क्रममा पनि मानिसहरु धेरै झाडापखाला, बान्ता, हैजा लागेर रुघाखोकी लागेर पुगिरहेका छन् । यो समयनै यस्तो खालका रोग लाग्ने समय हो । यस्तो किन भएको छ भने सफा पानी नपिउँदा भएको हो । यसबाट बच्न पानी उमालेर पिउनु पर्दछ । आवश्यक तागतिलो खाद्य वस्तुको आवश्यकता पनि उत्तिकै छ । यसले वर्खायाममा स्वास्थ्यलाई विशेष ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार  ९ : २९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]