चैत्र १५, २०८० बिहीबार

सुध्रिंदै सामुदायिक विधालय

सम्पादकीय
झापाको बिर्तामोडमा रहेका अधिकांश सामदायिक विधालय सुधारको चरणमा छन् । विगतलाई फर्केर हेर्ने हो भने यहाँका सामुदायिकको अवस्था दयनीय थियो । स्थानीय तहको निर्वाचनपछि शैक्षिक संस्थाहरुप्रति जनप्रतिनिधिले देखाएको मेहनतका कारण आज यहाँका विधालयहरु उदाहरणका रुपमा प्रस्तुत भइरहेका छन् । यहाँका विधालयहरु भनेको अन्य सामुदायिक विधालयका लागि सिकाईको स्रोत बन्न सक्छन् । विभिन्न जिल्लाबाट अवलोकन भ्रमणमा आउनेहरु बिर्तामोडमा केहि विधालयहरु छनौट गरिरहेका हुन्छन् । अर्थात, यहाँका विधालयहरु विस्तारै सुध्रदैछन् । हेर्न लायक हुदैछन् ।

बिर्तामोड नगरपालिकाले आयोजना गरेको बौद्धिक प्रतिभा पहिचान कार्यक्रममा सामुदायिक विधालयहरुले प्रस्तुत गरेको प्रतिभाले सबैलाई प्रसंन्न बनाएको छ । सामुदायिक विधालयहरुको सहभागिताले कार्यक्रमलाई हौसला प्रदान गरेको थियो । यस प्रकारका कार्यक्रममा निजी बिधालयहरु मात्रै प्रथम हुने गर्थे । सामुदायिक विधालयहरुको सहभागिता समेत हुने थिएन । तर, यस कार्यक्रममा सामुदायिक विधालय नै प्रथम भयो । बिर्तामोड २ को मोहनमाया मावि नै विजयी भयो ।

सामुदायिक विधालय विग्रिएको शिक्षक कर्मचारीका कारणले हो । र, सुध्रिएको पनि उनीहरुकै कारणले हो । यसमा कुनै द्विविधा छैन । निजी विधालयहरुमा शिक्षक कर्मचारीले पालना गर्ने अनुशासन र कामप्रति जिम्मेवारीले परिणाम आउने गर्छ । सामुदायिक विधालय सुधार गर्न निजी विधालयको कुनै रोकावट हुनै सक्दैन । त्यसैले सुधारका लागि समुदायको भूमिका महत्पूर्ण हुन्छ । शिक्षक, कर्मचारी, अभिभावक र विधार्थीको प्रयास भयो भने सरकारी विधालयबाट परिणाम निकाल्न सकिन्छ । विस्तारै परिणाम पाइन थालिएको छ ।

प्रकाशित मिति : असार १८, २०७९ शनिबार  ७ : २३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]