बैशाख १३, २०८१ बिहीबार

धम्क्याउने कि समन्वय गर्ने ?

सम्पादकीय
बिर्तामोड उधोग वाणिज्य संघ अहिले खुला रुपमा राजनीतिक गर्ने संस्थाको रुपमा क्रियाशिल भइरहेको छ । व्यवसायीको हक अधिकारका निम्ति आवाज उठाउनुपर्ने संस्था व्यक्तिगत र संस्थागत इगोका कारण अराजकता ढंगबाट प्रस्तुत भइरहेको छ । व्यवसायीहरुको स्वतन्त्र संस्थाका रुपमा स्थापित विर्तामोड उधोग वाणिज्य पछिल्लो समयको गतिविधिबाट व्यवसायीका बिचमा आलोचना भइरहेको छ । संस्थाको सक्रियता आवश्यक छ तर, सक्रियताका लागि अराजकता विधि अपाइयो भने त्यसले परिणाम दिन सक्दैन । त्यसका लागि सबैको साथ र सहयोगमा समन्वय गर्न आवश्यक छ ।

व्यवसायीका बिचमा १० करोडभन्दा माथि कारोवार गर्ने व्यवासायीहरुलाई कम्प्युटर विलिङको प्रशिक्षणमा सहभागी गराएको वाणिज्य संघले आफ्नै कार्यक्रमका विरुद्धमा तत्कालै सूचना जारी गर्यो । सुरुमा १० करोड कारोवार गर्नेलाई प्रशिक्षणमा सहभागी गराएको संघले सूचना जारी गरेर त्यसलाई अव्यवहारिक भन्यो । संघले ३५ करोडको व्यापार गर्नेहरुमा मात्रै कम्प्युटर विलिङ हुनुपर्ने भन्यो । आफ्नै योजनामा केहि बेर टिक्न नसकेको संस्थाले घुमाउरो पारामा बैंक तथा वित्तीय संस्थाहरुलाई धम्की दियो । प्रशिक्षणमा एउटा सफ्टवेयर कम्पनीलाई मात्र सहभागी गराउनु हर्को पाटो हो ।

वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाबाट ताकेता भएको भन्दै त्यसो नगर्न धम्क्याएको स्पष्ट बुझिन्छ । संघले बैंकबाट व्यापारीले कर्जा लिदाँ गरेको सर्त पक्कै विर्सेको हुनुपर्छ । अप्ठ्यारोमा कर्जा दिने संस्थाहरुलाई नै धम्क्याउनु नाजायज छ । धम्कीबाट संस्था चलाउने कुरा सोच्नु सकारात्मक छैन । बैंक तथा वित्तीय संस्थाबाट हदैसम्म ताकेता भइरहेको छ भने ति संस्थाहरुसँग छलफल अन्तरक्रिया गरेर समाधान खोज्न सकिन्छ । वाणिज्य संघले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्छ । धम्कीले केहि हुनेवाला देखिदैन । यसैले वित्तीय संस्था र वाणिज्य संघबीच तत्काल समाधानको बाटो खोजिनुपर्छ । संघभित्र धम्क्याउनेहरुको मात्रै बोलबाला छ भन्ने सन्देश दिनु आफ्नै लागि घातक छ । यसले संघमा नेता बन्न खोज्नेहरुका लागि बेफाइदा मात्र गर्नेछ । अहिलेको समय भनेको व्यापारको वातावरण बनाउने हो ।

प्रकाशित मिति : असार १९, २०७९ आईतबार  ७ : २३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]