बैशाख १४, २०८१ शुक्रबार

दुर्व्यवहार मात्रै हत्याको कारण नहुनसक्छ

सम्पादकीय
झापाको बिर्तामोडमा प्रहरीले पत्रकार सम्मेलन गरेर आइतवार सार्वजनिक गरेको घटनाले सबैलाई चकित बनाएको छ । विभिन्न प्रकारका घटना सुनैको हो, पढेकै हो । तर, अर्जुनधारा –७ को घटना अनौठो र ह्दयविदारक छ । आफ्नो घरमा आएको पाहुनालाई हत्या गरेर बोराभित्र लुकाएर फालिदिने मानव हुनै सक्दैनन् । यो व्यवहार गर्ने पक्कै दानव हुन् । जिवित हुँदा मायाको नाटक देखाएर ज्यान नै लिने जानुका थापा पक्राउ परिसकेकी छन् । उनको श्रीमान बृखबहादुर थापा र सुपारी लिने सुनसरीका सुरेश परियार प्रहरी हिरासतमा छन् । उनीहरुका बारेमा प्रहरीले अनुसन्धान थालेको छ ।

केहि वर्षको प्रेमले गुजरातका नरेश कुमार झापाको अर्जुनधारा आइपुगे । उनलाई पक्कै विगतको प्रेमले नै तानेको अनुमान लगाउन सकिन्छ । मुख्ययोजनाकार जानुका थापाले नरेशकुमारमाथि गरेको अपराध लुकेन । हत्या पश्चात खाल्डो खनेर पुर्नेसम्मको योजना सफल भएन । अन्ततः उनीहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ । अपराध लुकाउन कसैले सक्दैन भन्ने एउटा उदाहरण पनि हो,यो । भारतीय नागरिकमाथि ५ लाखको सुपारी दिएर हत्या गर्नेहरुलाई कसैले संरक्षण गर्न प्रयास गरेको कुरा सुन्न नपरोस् । उनीहरुलाई कानुनी सजायको भागेदार बनाउनुको विकल्प छैन ।

अहिलेसम्मको अनुसन्धानमा महिलालाई दुव्र्यवहार गरेको भन्ने सूचना बाहिर आयो । तर, यो हत्याको कारण दुव्र्यवहार मात्रै हुनै सक्दैन । अर्को कुरा, मृतकबाट महिलाले घर निर्माण गर्न ५ लाख लिएको भन्ने पनि अनुसन्धानबाट खुलेको छ । ५ लाख नदिन ५ लाख नै सुपारी दिएको कुरा मिल्दै मिल्दैन । यसैले यो घटनाको कारण यति मात्रै हुदैहोइन । यसको अनुसन्धानलाई थप फराकिलो बनाउन आवश्यक छ । प्रहरीले घटना लगत्तै प्रारम्भिक अनुसन्धान गरेर संलग्नहरुलाई नै पक्राउ गर्न सफल हुनु सकारात्मक छ । महिलाले ति पुरुषबाट धेरै आर्थिक कारोवार गरेको हुन सक्छ । यसैले हत्याको घटनामा सामान्य कारण मात्रै नहुन सक्छ, त्यस तर्फ प्रहरीको ध्यान जाओस् । अर्को कुरा, अन्य संलग्नहरुबारे प्रहरीले खोजी गर्न आवश्यक छ । यो घटनाले हाम्रो समाज कता जादैछ भन्ने पनि चरितार्थ गरेको छ । समाजलाई सहि मोडमा हिडाउन सबै जुटौं ।

प्रकाशित मिति : असार २१, २०७९ मंगलबार  ६ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]