जेष्ठ ४, २०८१ शुक्रबार

दुरदराजमा रोटरीको स्वास्थ्य सेवा

बिर्तामोड । पाँचथरको मिक्लाजुङमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा एक हजार बढी सर्वसाधारणले सेवा लिएका छन् ।
स्वास्थ्य परीक्षण गरेका सबैले निःशुल्क औषधि समेत उपलब्ध गराइएको छ । रोटरी क्लब अफ बिर्तामोड मिडटाउन, रोटरी क्लब अफ दमक, रोटर्याक्ट क्लब अफ बिर्तामोड मिड् टाउन, र रोट्राक क्लब अफ दमकको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको थियो । मिक्लाजुङ गाउँपालिका वडा न. १ र वडा न. २ वडा कार्यालयले संयोजन गरेको स्वास्थ्य शिविरमा स्थानीयले स्वास्थ्य सेवा लिएका छन् ।
बिर्तामोडको बिएण्डसी अस्पतालले चिकित्सक सहितको प्राविधिक सहयोग गरेको थियो । अस्पतालले जेनेरल फिजीसियन , बाल रोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ, हार्डजोर्नी तथा नसा रोग विशेषज्ञले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा महिलाको पाठेघर समेत जाँच गरिएको थियो । त्यस्तै, बिर्तामोड आँखा अस्पतालको सहयोगमा विशेषज्ञ सहितको टोलीले आँखा जाँच, निःशुल्क औषधी र चस्मा समेत उपलब्ध गराएको रोटरी क्लब अफ बिर्तामोड मिडटाउन संस्थापक अध्यक्ष सन्तोष अग्रवालले जानकारी दिए ।
मिक्लाजुङ गाउँपालिका वडा न. २ का वडाध्यक्ष सन्त कुमार शेर्माको अध्यक्षतामा र रोटरी क्लब अफ बिर्तामोड मिड्टाउनकी अध्यक्ष शुभ कुमाई पाठकको प्रमुख आतिथ्यमा सञ्चालन भएको कार्यक्रममा मिक्लाजुंग, सत्तमी, पञ्चमी, फाल्गुनन्द, सहित दशमी, रवि, भालुटार लगायतका सर्वसाधारण निःशुल्क स्वास्थ्य शिविरबाट लाभान्वित भएका थिए । शिविर मिक्लाजुङ गाउँपालिका–२ सत्तमी बजार स्थित युवा वर्ष मा.विको मैदानमा राखिएको थियो । सोहि अवसरमा आकस्मिक उपचारको तालिम रोटरी क्लब अफ दमकका पूर्व अध्यक्ष डा. मुक्ति भट्टराईले प्रदान गरेका थिए ।

पहाडी तथा दुर्गम ठाउँमा नागरिकले सहजै स्वास्थ्यपोचार नपाएकोले सो स्थानमा शिविर आयोजना गरिउको प्रमुख अतिथि पाठकको भनाई छ ।
सोही कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका १ र २ वडाका ८ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको ‘हामीलाई पनि जाडो लाग्छ’ कार्यक्रम अन्तर्गत रहि ज्याकेट वितरण गरिएको थियो । आर्थिक अवस्था न्यून भएका विद्यार्थीलाई चयन गरी विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको रोट्राक क्लब अफ बिर्तामोड मिड्टाउनका संस्थापक अध्यक्ष शरद जोशीले बताए ।

प्रकाशित मिति : बैशाख १९, २०७६ बिहीबार  ४ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]