बैशाख २६, २०८१ बुधबार

लागुऔषधसहित दर्जी पक्राउ

बिर्तामोड । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले आज मोरङ पथरी शनिश्चरे २ का २२ वर्षीय मिलन दर्जीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

इप्रका काँकरभिट्टा र लागुऔषध व्यूरोले शंका लागेर चेकजाँच गर्दा दर्जीको साथबाट ९ ग्राम लागुऔषध फेला पारेको प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए । उनका अनुसार सो प्रतिबन्धित वस्तुसहित मेचीनगर – ६ स्थित मेचीपुलमा भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।
पक्राउ परेका दर्जीलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान शुरु गरिएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : असार २१, २०७९ मंगलबार  ७ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]