बैशाख १५, २०८१ शनिबार

असुरक्षित अर्जुनधारा

सम्पादकीय
झापा जिल्ला विभिन्न दृष्टिकोणले सुरक्षित छैन । मुख्यतः झापामा नजिकै भारतीय सीमा छ । खुल्ला नाका कारण जिल्लाका सबै जसो ठाउँहरु असुरक्षित बन्दै गइरहेका छन् । सुरक्षित बनाउने जिम्मेवारी र दायित्व राज्य पक्षको हो । त्यसमा आम नागरिकको भूमिका पनि उत्तिकै हुन्छ । यहि हप्ता सार्वजनिक भएको अर्जुनधाराको एउटा घटनाले मान्छेको अपराध मानसिकता बढाएको स्पष्ट हुन्छ । आर्थिक लोभमा परेर मान्छे कुन हदसम्मको अपराध गर्न तयार छन् भन्ने घटना अर्जुनधारामा देखियो । एउटा मान्छेलाई हत्या गरेर बोराभित्र पोको पारेर फालिदिने अपराध अपराधभित्रको पनि ठुलो अपराध हो ।

अर्जुनधारामा –७ मा भएको सो घटनापछि त्यहाँका सानातिना सबैखाले घटनाहरु धमाधम बाहिर ल्याउन थालिएको छ । अर्जुनधाराका अगुवाहरुले सामाजिक सञ्जाल मार्फत असुरक्षाका बारेमा अभिव्यक्ति दिइरहेका छन् । हत्या, हिंसा, लुटपाट, चोरीको घटना बढिरहेको स्थानीय अगुवाहरुले चिन्ता व्यक्त गरिरहेका छन् । अर्जुनधारा क्षेत्रमा बढिरहेको लागुऔषधको प्रयोग र कारोबार बारे धेरैले आवाज उठाइरहेका छन् । त्यै पनि सरोकारवाला निकायहरुबाट त्यसको नियन्त्रणका लागि कुनै अभियान सञ्चालन गरिएको पाइदैन ।

चोरीमा घटनामा धेरैले विभिन्न घरायसी सामग्री मर्मतमा आउनेहरुलाई शंका गरिरहेका छन् । खासगरी भारतीयहरु गाउँगाउँमा कुकर बनाउने भन्दै आउने र मान्छे नभएका घरमा पसेर पनि सोधीखोजी गरे जस्तो गर्ने गरेको पाइएको छ । यसैले अब, गाउँघरमा भइरहेका घटनाबारे स्थानीय सरकारलाई अवगत गराएर सुरक्षाका लागि आवश्यक पहल गर्न जरुरी छ । बढिरहेको असुरक्षा बारे प्रहरी प्रशासनलाई जानकारी दिएर सुरक्षाका लागि सबैले जोड गर्नुपर्छ । असाध्यै, असुरक्षा भएमा प्रहरीलाई पनि साथमा लिएर गाउँगाउँमा गस्ती गरिनुपर्छ । वास्तवमा, असुरक्षा बढ्नु प्रहरीको कमजोर सुरक्षा पनि हो । सुरक्षा प्रत्याभुत गराउन राज्यपक्ष तयार हुनुपर्छ ।

प्रकाशित मिति : असार २३, २०७९ बिहीबार  ९ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]