श्रावण ३१, २०७९ मंगलबार

मुक्ति समाजको अध्यक्षमा गजमेर

बिर्तामोड । नेपाल उत्पीडित जातीय मुक्ति समाज झापाको नवौं जिल्ला सम्मेलनबाट तिलक गजमेरको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित भएको छ ।

नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समिति झापाका निवर्तमान प्रमुख सोमनाथ पोर्तेलले मुक्ति समाजको नेतृत्व सर्वसम्मत गरिएको जानकारी दिएका हुन् । उनका अनुसार जिल्ला कमिटीको उपाध्यक्षद्वयमा रमेश त्रिखत्री र सूर्य गजमेर चयन भएका छन् ।

यस्तै, सचिवमा गोपाल लकान्द्री र सहसचिवद्वयमा विभा पासवान र रिता ठटाल चयन भएका छन् भने कोषाध्यक्षमा मणिकुमार शंकर सर्वसहमत निर्वाचित भएका छन् ।

प्रकाशित मिति : असार २३, २०७९ बिहीबार  ९ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास