बैशाख ८, २०८१ शनिबार

शिवसताक्षीका ढाट हटाइने

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले नगरका बाटाहरुमा लगाउँदै आएको ढाट हटाउने भएको छ । नगरका सवारी साधनहरुलाई कर संकलनका लागि लगाउँदै आएको ढाट हटाउने भएको हो ।

शिवसताक्षी नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै नगर प्रमुख मेगाहाङ्ग थोप्राले सवारी साधनलाई दैनिक रुपमा कर उठाउँदा साना सवारीलाई समस्या र दुर्घटनाको जोखिम रहेको जनगुनासो आएपछि ढाट हटाउँने विषयमा छलफल भइरहेको जानकारी दिए ।

नगरमा गरिने सवारी साधन दर्ता र नविकरणमा लाग्ने करलाई समायोजन गरी नगरका बाटाहरुमा लगाइने आएको ढाट आगामी आबबाट हटाइने बताए । नगरमा भएका सबै सवारी साधन र सवारी चालकको विवरण नगरले राख्ने र प्रत्येक सवारी साधनलाई अनिवार्य रुपमा नगरमा दर्ता र नविकरण गर्ने व्यवास्था मिलाइने उनको भनाई थियो ।

नगरले आगामी आ.व.मा माइधारदेखि दोमुखा सडकलाई कालो पत्रे गर्ने छ । जसका लागि बजेट समेत विनियोजन भएको नगरप्रमुखले थोप्राले बताए । पर्यटकीय क्षेत्र दोमुखा जाने बाटोलाई कालो पत्रे गरी सेल्फी रोडको रुपमा विकास गर्ने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

नगरमा भएका युवा लक्षित कार्यक्रम अन्तर्गत युवाहरुलाई स्वरोजार बनाउने नगरपालिकाले सहयोग गर्ने नगरप्रमुखको भनाई छ । युवाहरुले आफुले गर्ने उद्यमको पहिचान गरी नगरपालिकालसँग सम्पर्क गरे उद्यमको प्रकृति हेरी त्यसमा लाग्ने प्रविधि उपलब्ध गराउँदै युवा विदेशीने परम्परालाई निरुत्साहित गर्दै लगिने नगरप्रमुख थोप्राले बताए ।

हाम्रो नगर उज्यालो शहर अन्तर्गत नगरका मुख्य बजारहरुमा सीसी क्यामेरा जडान गर्ने शिवसताक्षी नगरपालिकाले जनाएको छ । नगरका माइधार, झिलझिले, शिवगञ्ज, दूधेलगायतका मुख्य बजारहरुमा सीसी क्यामेरा जडान गरी बजारमा हुने चोरी, सवारी दुर्घटना जस्ता कार्यहरु निरुसात्साहित गर्न बल पुग्ने नगरप्रमुख थोप्राले बताए ।

नगरले आगामी आ.व. शिक्षा, कृषि, स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन भएको नगरप्रमुख थोप्राले बताए । शिक्षामा स्मार्ट विद्यायल, ज्ञान घरको अवधाराणा समेत ल्याएको उनको भनाई थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमृत बहादुर राईले नगरपालिकाले लगानी गरेका पर्यटकीय तथा धार्मिक क्षेत्रहरुबाट कर उठाउने पर्ने बताए । हाल नगरपालिकाले नगरका सतासीधाम, चिल्लागढ र दोमुखा क्षेत्रहरुमा ठूलो लगानी गरेको छ । उनले भने, ती स्थानहरुबाट नगरले कर उठाउनु पर्छ । व्यक्तिले लगानी गरेका पर्यटकीय क्षेत्रहरुमा प्रवेश शुल्कको नाम १ सय देखि ५ सय सम्म उठाइने गरेको छ । नगरपालिकाले पर्यकीय क्षेत्रहरुपमा ठूलो लगानी गरिएको हुन्छ । त्यस्ता क्षेत्रहरुबाट नगरपालिकाले कर उठाइएन भने नगरको आन्तरिक आम्दानी कम हुन गई पूर्वाधार विकास र अन्य विकासहरुमा लगानी कम हुने अधिकृत राईको भनाई थियो ।

कार्यक्रमा उपप्रमुख नरमाया कार्कीले समृद्ध नगरका लागि अघिल्ला जनप्रतिनिधिले गरेका राम्रा कामहरुलाई निरन्तरता दिदै नगर गौरवका आयोजनाहरुलाई प्राथमिकता साथ काम गरिने बताइन् । भौतिक पूवारधारले मात्र नगर सम्बृद्ध नहुने भन्दै उनले महिलाका समस्या, ज्येष्ठ नागरिकका समस्या, बालबालिका समस्याहरुका लागि नगरले काम गर्ने जानकारी दिइन् ।

प्रकाशित मिति : असार २३, २०७९ बिहीबार  ९ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]