जेष्ठ ६, २०८२ सोमबार

आजबाट सरकारी भुक्तानी रोकिने

बिर्तामोड । आजबाट सरकारी भुक्तानी रोकिने भएको छ । महालेखा नियन्त्रणको कार्यालयले एक सूचना जारी गरेर आजबाट सरकारी भुक्तानी रोकिने बताएको हो । महालेखा नियन्त्रकको कार्यालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार भुक्तानी रोकेको हो ।

नियमावलीको नियम ३० मा केन्द्र सरकारको भुक्तानी रकम फ्रीज नहुने भनि लेखिएको बाहेक अन्य भुक्तानी आर्थिक वर्ष सकिनुभन्दा ७ दिन अगावै बन्द हुने व्यवस्था रहेको छ । संघीय सरकारले जरुरी खर्च गर्नु परे थप बजेट पाए मात्रै भुक्तानी हुने छ । स्थानीय र प्रदेश सरकारको भने पुर्णरुपमा भुक्तानी रोकिने छ ।

प्रकाशित मिति : असार २४, २०७९ शुक्रबार  १० : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]