अर्जुनधारा हत्या काण्ड : हत्यामा संलग्न अर्का युवा पक्राउ
बिर्तामोड । अर्जुनधारामा भारतीय नागरिक नरेश कुमारको हत्यामा सम्लग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अर्जुनधारा ४ मा भारतीय नागरिकको हत्यामा संलग्न मोरङ सुन्दरहरैचा ५ का शैलेस सापकोटालाई पक्राउ गरेको बिर्तामोडका डिएसपी रुगम बहादुर कुवरले जानकारी दिए ।
हत्याको योजनाकारसहित संलग्न तीन जनालाई यस अघि नै पक्राउ गरिएको थियो । प्रहरी सो घटनामा अर्जुनधारा ७ बस्ने जानुका देवी थापा, बृख बहादुर थापा र सुनसरीका सुरेश परियार पक्राउ परिसकेका छन् ।
उनीहरुले भारतीय नागरिकलाई थापाको घरमा हत्या गरेर फालेका थिए । प्रहरीले म्याद थप गरि अनुसन्धान गरिरहेको छ । भारतीय नागरिका जानुका देवीसगको सम्बन्धका कारण अर्जुनधारा आएका थिए । उनिहरु बिच भारत गुजरातमा चिनजान भएको अनुसन्धानबाट खुलेको छ ।
मृतकबाट महिलाले घर निर्माणका लागि ५ लाख लिएको स्वीकार गरेपनि लाखौं रुपैयाँ लिएको हुनसक्ने अनुमान गरिएको छ ।
आफुमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी महिलाले ५ लाखको सुपारी दिएर हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।