बालकको उपचारमा सहयोग गरिदिन आग्रह
बिर्तामोड । झापाको बिर्तामोडमा एक बालकलाई आर्थिक अभावका कारण ब्लड क्यान्सरको उपचारमा समस्या भएको छ । बिर्तामोड– ३ स्थित मेघाबारीटोलका २० महिने बालक युसेफ भट्टराईको उपचारमा सहयोग खाँचो परेको परिवारले जनाएका छन् ।
करीब १ महिना देखि विरामी भएका बालकको भारतको राजिब गान्धी क्यानसर अस्पतालमा महंगो खर्चमा उपचार भईरहेको छ । दिल्ली स्थित राजिब गान्धी अस्पतालको बेडमा ब्लड क्यान्सर रोगसँग लडिरहेका उनी गत महिना एक्कासी बिरामी भएको उनका बुबा रामप्रसाद भट्टराईले जानकारी दिए । उपचारका लागि अस्पताल लैजांदा ब्लड क्यानसर भएको चिकित्सकले जानकारी गराएका थिए ।

छोरा बिरामी भएपछि बैदेशिक रोजगारीको शिलशिलामा कुबेतमा रहेका रामप्रसादले आफु नेपाल फर्किएको बताए । उपचारमा हाल सम्म ५ लाख भारतीय रुपैंया खर्च भईसकेको छ । चिकित्सकले बताए अनुसार पुर्ण रुपले उपचार गर्न ३० लाख भारतीय रुपैंया लाग्ने बालकका बुबा रामप्रसादले जानकारी दिए ।
‘कसरी औषधि उपचार खर्च जुटाउने , आफुसँग भएको पैसा सकियो । मोटो रकम कसरी जुटाउने भन्ने चिन्ता छ । छोराको जीवन रक्षाको लागि दाताहरुलाई अनुरोध गर्ने बाहेक अन्य विकल्प आफुसँग छैन ।’
यति मोटो रकम आफुसँग नभएकोले छोराको जीवन रक्षाको लागि सवैमा अनुरोध गरेको बुवा राप्रसादले बताएका छन् । उनका अनुसार सहयोग गर्ने दाता, संघ , संस्थाले रामप्रसाद भट्टराईको नाममा बिर्तामोड शाखामा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको खाता नम्बर ०१८०५०८०२५१९६९ मा स्वच्छाले सहयोग गरिदिन आग्रह गरेका छन् ।