जेष्ठ ४, २०८१ शुक्रबार

नाइरोबी फ्लाईबाट सजग रहौं

सम्पादकीय
झापामा केहिदिनयता आम नागरिकमा जनै खटिरा जस्तो दाग देखिन थालेको छ । स्वास्थ्य संस्थामा पनि यस प्रकारको समस्या देखिएकाहरुको भीड लाग्न थालेको छ । जनै खटिरा जस्तो, माकुराले छेरेको जस्तो लाग्ने दागमा निकै पोल्ने, दुख्ने गरेको पाइन्छ । झट्ट हेर्दा डढेको घाउ जस्तै देखिन दाग चिकित्सकहरुका अनुसार नाइबोरी फ्लाई हो । यस समस्याबाट धेरै जना पीडित बनेको अवस्था छ । ठुलै समस्या हो कि भनेर धेरै जना आत्तिएको अवस्था पनि छ । चिकित्सकहरुले आत्तिन नहुने तर, सजग हुनुपर्ने सूझाव दिइरहेका छन् ।

सामान्य फोर्मेसीमा यो समस्या लिएर आउनेहरुको संख्या बढिहरहेको छ । पहिलो पटक दाग देखिएपपछि आत्तिएर स्वास्थ्य संस्था पुग्नेहरुको संख्या पनि धेरै नै छ । हात‚ गाला, ढाडमा रातो डाबरजस्तो देखिने, चलाएपछि कन्याउँदा एलर्जी हुँदै अन्य ठाउँमा फैलिने समस्या छ । सामाजिक सञ्जालमा यो समस्यालाई लिएर आतंक नै मच्चाइराखिएको छ । यसलाई चिकित्सकहरुले ठुलो र गम्भीर प्रकृतिको रोग नभएको बताइसकेको हुनाले नाइरोबीबाट सुरक्षित हुने उपाय अपनाउन आवश्यक छ । नाइरोबी देखिना साथ स्वास्थ्य संस्थामा पुगेर आवश्यक सल्लाह लिनुपर्छ । यसलाई अनावश्यक चिन्ताको रुपमा लिन हुदैन ।

नाइरोबी फ्लाई भनेको बिटल्स प्रजातीको किटाणु (किरा) हो । विश्वभर बिटल्सका ३ लाख ५० हजारभन्दा बढी प्रजाति छन् । तीमध्येको यो एक हो । कालो र सुन्तले रंगको देखिने यो किरालाई ‘केन्यन फ्लाइज’ वा ‘ड्र्यागन बग’ पनि भनिन्छ । यसलाई ‘पेडेरस डर्माटाइटिस’ पनि भनिन्छ । यो किराले गराउने एलर्जी हरेक वर्षाको समयमा देखिने गर्छ । यसले टोक्दैन । यसका लक्षणहरू १२ घण्टादेखि २ दिनसम्म आइसक्छन् । यसको एलर्जी निको हुन १ देखि २ हप्ता लाग्छ । र, आफैं निको भएर जान्छ । तर‚ धेरै चिलाएमा भने यसले अरुतिर संक्रमण गराउन सक्छ । कन्याउँदा दाग र खत बस्न सक्छ । किरा देखिनेबित्तिकै किरालाई हातले नछोई हटाउनुपर्छ । छोइएको ठाउँमा साबुन पानीले सफासँग पखाल्नुपर्छ । फूल बाहुले लुगा लगाउने । झूल लगाएर सुत्ने । सेतो बत्तीले किरालाई आकर्षित गर्ने हुनाले बत्ती निभाएर मात्र सुत्ने । फोहोरमैला हुन नदिने । पोलेमा चिसो आइसले सेक्ने कार्य गरेमा समस्याबाट मुक्ति पाउन सकिन्छ ।

प्रकाशित मिति : असार २६, २०७९ आईतबार  ८ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]