बैशाख २१, २०८१ शुक्रबार

यो सरकार किसानमारा सरकार हो : नेता खरेल

बिर्तामोड । झापाको बिर्तामोडमा किसानहरुले मुल्यवृद्धि विरुद्ध विरोध जनाएका छन् । अखिल नेपाल किसान महासंघ झापाले सरकार विरुद्ध राके जुलुस लगाउदै मुल्यवृद्धिको विरोध जनाएको हो ।

अखिल नेपाल किसान महासंघ झापामा आवद्धहरुले बिर्तामोडमा राकेसहितको प्रदर्शन गर्दै विरोध जनाएका हुन् । राकेसहित बिर्तामोड परिक्रमा गरेका उनीहरुले मुक्तिचोकमा कोणसभा गरेका छन् । मुल्यवृद्धि र मलविउको प्रवन्ध नमिलाएको भन्दै सरकारको विरोध जनाएका हुन् ।

कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नी खरेलले वर्तमान सरकार किसानामारा भएको बताए । किसानमारा सरकारका कारण देशभरका किसान आन्दोलित भएको बताएका छन् । उनले सरकारले बजेट, नीति तथा कार्यक्रम पनि किसानको पक्षमा नल्याएको बताए । कोणसभालाई सम्बोधन गर्दै नेता खरेलले परमादेशी सरकार दलाल, पुँजीपतिको पक्षपोषणमा लागेको भन्दै सरकारको विरोध जनाए । उनले भने– ‘पूर्वअर्थमन्त्रीले रातीराती गरेको करको दर घटबढ किसानको पक्षमा गरेको भए किसानले नै उनको मन्त्रीपद जोगाइदिन्थे ।’ पुँजीपतिको पक्षमा करको दरमा साँडगाँठ गरेका कारण मन्त्री पद चिप्लिएको उनको भनाई थियो ।

कोणसभामा अखिल नेपाल किसान महासंघ झापाका अध्यक्ष गोपाल चुडालले किसानको समस्या हल नभएसम्म आन्दोलन जारी राख्ने बताए । उनले सरकार किसानका लागि अन्धो भएको आरोप लगाए । सरकार अन्दो, निकम्मा र पतन भएको छ, अध्यक्षले थपे – वर्तमान गठबन्धन सरकार किसानको विपक्षमा उभियो ।

प्रकाशित मिति : असार २६, २०७९ आईतबार  ७ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]