बैशाख २१, २०८१ शुक्रबार

थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघको अध्यक्षमा महेन्द्र गिरी सर्वसम्मत

बिर्तामोड । थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघको प्रारम्भिक साधारणसभाले महेन्द्रकुमार गिरीको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको छ ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य तथा प्रदेश १ का इन्चार्ज गणेश ढकालको संयोजकत्वमा गठित निर्वाचन समितिले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

झापाको दमकमा आयोजित प्रारम्भिक साधारणसभाले चार वर्षे कार्यकालका लागि गिरीको अध्यक्षतामा बनेको समितिको उपाध्यक्षमा टिकादत्त वन र सचिवमा प्रेम साकोटा सर्वसम्मत भएका छन् ।
यसैगरी सञ्चालक सदस्यहरुमा केवलीराम आचार्य, चित्रमान प्रधान, वीरेन्द्र यादव, सन्तोषकुमार मण्डल, रुकमणि कार्की र नविन खरेल सर्वसम्मत भएका छन भने संघको लेखा सुपरीवेक्षण समिति संयोजकमा अमृत गुरुङ र सदस्यहरुमा गोपाल पौडेल तथा हरिकृष्ण अधिकारी पनि सर्वसम्मत भएका छन् ।

प्रदेश १ का ३६ वटा प्रारम्भिक सहकारी संस्थाहरुले एक करोड ३६ लाख रुपैयाँ पुँजी संकलन गरी स्थापना गरेको सो थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघले विभिन्न वस्तुहरुको बजार प्रवद्र्धन पनि सुरु गरेको छ ।

प्रकाशित मिति : असार २६, २०७९ आईतबार  ९ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]