जेष्ठ १, २०८२ बुधबार

होटलहरुमा निगरानीको खाँचो

सम्पादकीय
झापाको बिर्तामोडमा शनिवार विहानै प्रहरीले केहि होटलमा छापा मार्यो । छापा मार्ने क्रममा अदुवा खोला नजिकैको एभरेष्ट नामक होटलबाट केहि युवतीहरुलाई नियन्त्रणमा लियो । युवतीहरुसहित ९ जनालाई नियन्त्रणमा लिन सफल भएको बिर्तामोड प्रहरीले लामो समयपछि होटलमा ध्यान दिएको अधिकांशको भनाई छ । बिर्तामोडमा केहि होटल व्यवसायीका कारण यस क्षेत्रको बद्नाम हुने गरेको छ । जसको एउटा उदाहरण यहि घटना पनि हो । यौनधन्दाबाटै होटल चलाउनेहरु प्रति बिर्तामोड प्रहरी अझै आक्रामक हुन आवश्यक छ ।

बिर्तामोड व्यापारिक दृष्टिले भीडभाड हुने ठाउँ हो । यो पूर्वी पहाडको जक्सन पनि हो । तर, यसै प्रकारका धन्दाका कारण बिर्तामोड सुरक्षित पनि छैन । रातभर यहाँ मोटरसाइकलमा युवती ओसारपसार गरेको देखिन्छ । भद्रपुर रोड क्षेत्रमा रहेका केहि होटलहरुमा पनि प्रहरीले निगरानी गर्न आवश्यक छ । सर्वसाधरण नागरिक व्यक्तिगत कामले हिडडुल गर्न सक्ने अवस्था छैन । मोटरसाइकलमा युवतीहरुलाई होटल–होटलसम्म पुर्याउनेहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएर कारवाही गर्न आवश्यक छ । मानवीय चाप भएको बिर्तामोड यौन अखडाका कारण असुरक्षित छ ।

एक बेला हरेक दिन बिर्तामोडका होटलहरुमा प्रहरीले छापा हान्ने गथ्र्यौ । अहिले प्रहरी होटलतिर निगरानी कम गरिरहेको आम नागरिकले महसुस गरिरहेका थिए । तर, स्थानीय नागरिकहरुको गुनासोपछि प्रहरीले एक्सन लियो । प्रहरीले एक्सन लिनसाथ धन्दा भइरहेको पुष्टि पनि भयो । यस कारण यो कार्यलाई प्रहरीले निरन्तरता दिन आवश्यक छ । बिर्तामोड बसपार्क कुनै बेला यस मामिलामा चर्चामा थियो । प्रहरीले हरेक दिन बसपार्कका होटलहरुमा छापा हान्ने गथ्र्यो । अहिले सोही प्रकारका धन्दा बसपार्क बाहिरका होटलहरुमा चलिरहेको सूचना आइरहेका छन् । यसैले अबका दिनमा प्रहरीले सबैतिरका होटलमा ख्याल गर्न आवश्यक छ । बिर्तामोडका डिएसपीले कम्तिमा यहाँ बसुन्जेल यौनधन्दा र यसबाट हुन सक्ने अपराध रोक्न सबैसँग समन्वय सहकार्य गर्न अपरिहार्य छ ।

प्रकाशित मिति : असार २७, २०७९ सोमबार  ७ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]