बैशाख २१, २०८१ शुक्रबार

एउटा फरक उद्यम ‘फुड ट्रक’

बिर्तामोड । झापाको अर्जुनधारा –११ बुट्टाबारी पूर्वमा सधैं एउटा बस र मिनि ट्रक रोकिएर राखिएको देखिन्छ । झट्ट हेर्दा यात्रु पर्खिरहे जस्तो । मिनि ट्रकलाई सधैं पश्चिम र बसलाई पूर्व फर्काएर राखिएको हुन्छ । नजिकैं केहि टेवलहरु पनि देखिन्छन् ।
सधैं देखिने दुई वटा सवारी जहाँ यात्रुभन्दा पनि ग्राहकको पर्खाइ हुन्छन् । हेर्दा सवारी देखिए पनि दुवै सवारीभित्र भान्सा छ । अर्थात, भान्सा नाङ्लो फुड ट्रकको हो ।

०७८ भदौंदेखि देखिएका सवारीमा राम्रै रेष्टुरेन्टको जस्तो भान्सा छ । बसभित्र यात्रु बस्ने सिट छैन । सिट हटाएर भान्सा बनाइएको छ । बसभित्र राम्रै भान्सा, भाँडाकुडा र फ्रिज राखिएको छ । बसभित्र दुई जना खाना बनाउने कुक काम गरिरहेको पाइन्छ । बसभित्र कुकमेन बिर्तामोडका सन्तोष तामाङ र पथरी शनिश्चरेका अस्मिन लिम्बु ग्राहकको अर्डर अनुसारका खानेकुरा तयार गरिरहन्छन् । उनीहरुले बसभित्र भान्सा बनाएर काम गरेको पहिलो अनुभव सुनाए । बसभित्रको भान्सामा काम गर्न आनन्द लाग्ने गरेको उनीहरुको प्रतिक्रिया छ ।

झापा बिर्तामोडका राजकुमार गुरुङले सञ्चालन गरिरहेको नाङ्लो फुड ट्रक बुट्टाबारी र चारआली बिच भागमा छ । पूर्वपश्चिम लोकमार्ग नजिकै रहेको उनको फुड ट्रकमा खाजा खानेहरुको राम्रै भिड लाग्ने गर्छ । झट्ट हेर्दा आकर्षक देखिएका कारण पनि उनको खाजा पसलमा खाजा खानेहरुको भिड लाग्छ । लामो दुरी हिडिरहेका यात्रुहरु शान्त ठाउँ खोजेर खाजा खान रुचाउने भएकाले वरिपरि जंगल भएको ठाउँमा फुड ट्रक राखेको उनको भनाई छ ।

प्राकृति सौन्दर्य भएको ठाउँमा राखेर व्यापार गर्दा आफुलाई पनि आनन्द अनुभूति हुने गुरुङको भनाई छ । उनका अनुसार आफ्नै विवेक प्रयोग गरेर बसलाई भान्सा बनाएको हो । आत्मविश्वासका साथ काम गर्दा कहिलेकाँही आफैले देखेको दुनियाँको प्रयो गर्न मन लाग्यो, उनले थपे ।

१२ बजेदेखि राती ८ बजेसम्म उनीहरुले खाजा खुवाउने गरेका छन् । खाजा खानेहरुलाई अमेरिकन, चाइनिजदेखि अन्य खाजाका प्रकार उपलब्ध गराउदै आएको उनका भतिज रविन गुरुङले जानकारी दिए । फुड ट्रकमा परिवारका ५ जना र दुई जना कुकमेन कार्यरत छन् ।

सडक किनार मै राखिएको खाजा पसल भए पनि मुल्यसुची राखिएको छ । खाजाका प्रकार समेत लेखेर राखेपछि ग्राहकहरुलाई सजिलो हुने भतिज बताउँछन् । शुरुआतमा बिर्तामोड क्षेत्रमा मिनि ट्रकमा खाजा बेचेका उनीहरुले अन्य व्यवसायीहरुले असहयोग गरेको गुनासो गर्छन् । भतिज रविन भन्छन्, ‘बिर्तामोड, सुरुङा, दुधे र भद्रपुरमा डुलाउदै व्यापार गरिन्थ्यो । त्यो बेला अन्य व्यवसायीले राख्ने ठाउँ नदिने, छेलियो भन्ने लगायतका समस्याका कारण पनि एकान्त ठाउँमा आएका हौं ।’
सञ्चालक गुरुङ भूतपूर्व भारतीय सैनिक हुन् । विभिन्न समयमा देशविदेश घुम्दा देखेको आधारमा यहाँ पनि त्यसैलाई अभ्यास गरेका छन् । सबैले व्यवसाय गर्नु नै भएको छ, हामीले फरक तरिकाले मात्रै गरेको हौं, सञ्चालकले भने । करिव २० लाखभन्दा बढी लगानी गरेर थालेको फुड ट्रकमा टिकटक बनाउन पनि खाजा खान गएको भेटियो ।

आइतवार दिउँसो बजार प्रतिनिधिको रुपका कार्यरत राजु कार्की र केवल उप्रेती सोही फुड ट्रकमा खाजा खाइरहेको भेटियो । उनीहरु अरु बेला भद्रपुरतिर खाजा खान्थे । कार्कीले भने, आज हामी भद्रपुर–काँकरभिट्टा घुमेर फर्केको हो । शान्त ठाउँमा बसेर खाजा खाने भन्दै फुड ट्रकमा आएको प्रतिक्रिया दिए । खाजा पनि ठिक लाग्यो, कार्कीले थपे । पहिलो पटक खाजा खाएको सुनाउदै उनीहरुले भने– सुन्तुष्ट पनि भयौं । उनीहरुले अस्थायी प्रकृतिको शौचालय व्यवस्था गर्न सूझाव पनि दिएका छन् ।

प्रकाशित मिति : असार २७, २०७९ सोमबार  ७ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]