बैशाख २१, २०८१ शुक्रबार

ब्राउनसुगरसहित भारतीय युवा पक्राउ

बिर्तामोड । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले प्रतिबन्धित लागुऔषध सहित एक जना भारतीय युवालाई पक्राउ गरेको छ ।
आइतवार साँझ मेचीनगर –६ मेचीपुलमा इप्रका काँकरभिट्टा र लागुऔषध नियन्त्रण व्युरो काँकरभिट्टाले दार्जिलिङका २७ वर्षीय अनुप प्रधानलाई पक्राउ गरेको हो ।

भारतबाट नेपाल तर्फ आउदै गर्दा प्रहरी चेकजाँच गर्ने क्रममा प्रधानको साथबाट ६ ग्राम ब्राउनसुगर फेला पारेको थियो । प्रहरीले प्रधानलाई नियन्त्रणमा लिई इ.प्र.का.काकरभिट्टामा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : असार २७, २०७९ सोमबार  ८ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]