बैशाख १४, २०८१ शुक्रबार

गौरीगञ्जको न्यायिक समितिमा अध्यक्षले हस्तक्षेप गरेको उपाध्यक्षको आरोप

बिर्तामोड । अध्यक्ष–उपाध्यक्ष दुवै पद महिलाले जितको झापाको गौरीगञ्ज गाउँपालिकामा विषयगत समिति निर्माणलाई लिएर विवाद भएको छ । गाउँपालिकाले विभिन्न विषयगत उपसमिति निर्माणमा अध्यक्ष फुलवती राजवंशीले अनावश्यक रुपमा हस्तक्षेप गरेको उपाध्यक्ष पुजन न्यौपाने कुवरले आरोप लगाएकी छन् ।

गाउँपालिकामा निर्माण गरिएका अधिकांश समितिमा आफुले कतै पनि हस्तक्षेप नगरी सहयोग गरेको बताउँदै उनले भनिन्, ‘अध्यक्षले मेरै संयोजकत्वमा रहेको न्यायिक समितिमा हस्तक्षेप गर्नुभयो । म त्यो समिति मान्ने पक्षमा छैन । उहाँले त्यसको निकास खोज्नैपर्छ । निकास नखोजेसम्म गाउँपालिकाबासीको न्यायका लागि अर्को सभासम्म मैले प्राप्त गरेको अधिकार बमोजिक न्याय सम्पादनको काम गर्नेछु । न्याय दिने समितिमा राजनीतिक हस्तक्षेप भयो ।’
न्यायिक समितिमा समेत अध्यक्षले हस्तक्षेप गरेपछि सो समिति आफुलाई मान्य नहुने उनको भनाई छ ।

गत असार १० गते गाउँसभा उद्घाटन गरेको गौरीगञ्जले वर्षा र बाढीका कारण २८ गते मात्रै गाउँसभा समापनका लागि बैठक आयोजना गरेको थियो । सोही क्रममा सहमतिबाट विभिन्न समिति बनाएका जनप्रतिनिधिहरुले न्यायिक समितिमा अध्यक्षको हस्तक्षेप भएको उपाध्यक्ष न्यौपानेको गुनासो छ । सबै समितिहरु सहमतिबाटै बनाउन आफुले भूमिका खेल्दाखेल्दै पनि अध्यक्षको गलत हस्तक्षेका कारण उपाध्यक्ष सहित १२ जनप्रतिनिधिले कार्यक्रम नै बहिस्कार गरेको बताइन् ।

उपाध्यक्षसहित १२ जना जनप्रतिनिधिहरुको बहिस्कारका बिच गाउँसभाबाट बजेट, नीति तथा कार्यक्रम पारित भएको घोषणा गरिएको थियो । तर, उपाध्यक्षसहित १२ जना जनप्रतिनिधिहरुले कार्यक्रम पारित भएको कुरालाई अस्वीकार गरेका छन् । उपाध्यक्षका अनुसार गाउँसभा स्थगित भएको छ । उनले सहमतिबाट काम नगरे नागरिकको सेवा प्रवाहमा समेत समस्या हुने बताइन् । सहमति र सहकार्यबाटै अघि बढ्नुपर्ने उनको धारणा छ । बहुमतबाट पारित गरेपछि आफुहरुले विरोध उपाध्यक्ष न्यौपानेले जानकारी दिइन् । उनले स्थानीय तह सञ्चालन ऐन २०७४ अनुसार सहमतिबाट पालिका सञ्चालन गरिनुपर्नेमा अध्यक्षले शुरुआतबाटै हस्तक्षेप गर्न थालेको बताइन् ।

यता, गाउँपालिकामा बुहमत रहेको नेपाली कांग्रेसले बहुमतकै आधारमा कार्यक्रम पारित गरेको छ । गाउँपालिका अध्यक्ष फुलवती राजवंशीले बजेट, नीति तथा कार्यक्रम पारित भएको जानकारी दिइन् । उनले न्यायिक समितिमा हस्तक्षेप नगरेको बताएकी छन् । गाउँसभा समापनका दिन न्यायिक समिति गठनको क्रममा छलफलका लागि समय दिइए पनि प्रस्ताव नआएका कारण आफुले हलबाट आएको नाम घोषणा गरेको उनको भनाई छ । अध्यक्ष राजवंशीले भनिन्, ‘अन्यथा केहि भएको छैन, बुझाई मात्र त्यस्तो हो ।’

प्रकाशित मिति : असार ३१, २०७९ शुक्रबार  ६ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]