जेष्ठ ६, २०८१ आईतबार

बलात्कृत बालिकामाथि दुर्व्यवहार गर्ने इप्रका बिर्तामोडको महिला प्रहरीलाई कारबाही

बिर्तामोड । बलात्कृत बालिकालाई दुव्र्यवहार गर्ने इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार पुजा प्रसाईलाई कारवाही गरिएको छ । उनीमाथि प्रश्न उठ्ने वित्तिकै कारवाही स्वरुप प्रसाईलाई ओखलढुङ्गा सरुवा गरिएको झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

बलात्कार पीडित झापाको अर्जुनधाराकी बालिकालाई उनले अस्वभाविक रुपमा प्रश्न सोधेर विवादमा तानिएकी थिइन् । बलात्कारपछि गर्भवती भएकी १५ वर्षीया बालिकालाई प्रहरी हवल्दार प्रसाईले गरेको दुव्र्यवहार बारे उनको न्यायमा खटिएका युवाहरुले सार्वजनिक गरेका थिए । सोही घटनापछि बिर्तामोड घर भएकी प्रसाईलाई साविकको दरबन्दी अनुसार ओखलढुङ्गा फिर्ता पठाइएको प्रवक्ता पाठकले जानकारी दिए ।

बिहीवार प्रहरी कार्यालय आएकी बालिकालाई प्रहरी हवल्दार प्रसाईले छ महिनासम्म किन नबोलेको ? तिमी लाटी हो । सुरुमा नमज्जा भयो होला, पछि त मज्जा आयो होला नि होइन ? पैसा, कपडा दियो होला’ भन्दै अस्वभाविक प्रश्न गरेको पीडित परिवारको गुनासो सञ्चारमाध्यममा सार्वजनिक भएको थियो ।

यसअघि सामुदायिक प्रहरी बिर्तामोडमा कार्यरत रहेकी प्रहरी हवल्दार प्रसाईलाई पदीय मर्यादाविपरीत टिकटक बनाएर सामाजिक सञ्जालमा हालेको भन्दै इलाका प्रहरी कार्यालय तानिएको थियो । प्रहरीले बलात्कारको आरोपमा एक जनालाई पक्राउ गरिसकेको छ ।

कक्षा ७ मा पढ्दै आएकी उनलाई सधैं निरास देखिएपछि शिक्षिकाले सोधपुछ गरेका थिए । ‘शिक्षिकाले एकान्तमा लगेर सोध्दा आफू बलात्कृत भएको सुनाएकी रहिछन्,’ बिर्तामोडका डिएसपी कुँवरले भने, ‘त्यसपछि जाहेरी परेको थियो । स्वास्थ्य जाँच गर्दा गर्भवती रहेको देखियो । धेरै सोझी छिन्, घटनाबारे चुपचाप रहिछन् ।’ बालिकाको आमा बितेको हुनाले उनी बुबासँगै बस्दै आएकी थिइन् । बुबा दिनभर काममा जाने हुनाले छिमेकीले गत वर्षको दसैंबाट नै उनलाई बलात्कार गर्दै आएको बताइएको छ । चैतदेखि भने उनको महिनावारी रोकिएको थियो । तर उनले घर परिवारमा घटनाबारे सुनाएकी थिइनन् । डरत्रास वा प्रलोभनका कारण घटनाबारे नखुलेको हुन सक्ने डिएसपी कुँवरले बताए । बिहीवार जाहेरी परेलगत्तै प्रहरीले आरोपितलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : असार ३१, २०७९ शुक्रबार  ८ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]