जेष्ठ ६, २०८१ आईतबार

बिर्तामोड नगरपालिका र सहाराको साझेदारीमा कृषकलाई रकम हस्तान्तरण

बिर्तामोड । बिर्तामोडका ५० जना कृषकलाई स्यालो ट्युबवेलका लागि रकम हस्तान्तरण गरिएको छ । साना सिंचाई कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिका र सहारा नेपाल साकोसको साझेदारीमा कृषकहरुलाई रकम हस्तान्तरण गरिएको हो ।

शनिबार सहारा नेपालको सभाहलमा आयोजित कार्यक्रमका बिच कृषकहरुलाई ४० हजार रुपैयाँका दरले चेक हस्तान्तरण गरिएको हो । रकम पाउने कृषकहरुमा बिर्तामोड नगरपालिका वडा नम्बर २ का ६ जना, वडा नम्बर ४ का १ जना, वडा नम्बर ६ का २ जना, वडा नम्बर ७ का ९ जना, वडा नम्बर ८ का ६ जना, वडा नम्बर ९ का १५ जना र वडा नम्बर १० का ११ जना रहेका छन् ।

बिर्तामोड नगरपालिका र सहारा नेपालको साझेदारीमा विगत ३ वर्ष देखि विभिन्न क्षेत्रमा अनुदान वितरण हुँदै आएको छ । कार्यक्रममा बोल्दै सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले नगरसँग विपन्न आवास, कृषि, पशुपंक्षी र शिक्षाको क्षेत्रमा साझेदारीका कार्यक्रमहरु सञ्चालन हुँदै आएको बताएका छन् । उनले यस कार्यक्रमबाट कृृषकको जिवनस्तर उकास्न, विद्यालय सुधार गर्न र गरिव विपन्न परिवार बस्ने राम्रो वातावरण निर्माण गर्नका लागि साझेदारी कार्यक्रम सञ्चालन गर्दै आएको धारणा राखेका हुन् ।

बिर्तामोड नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र प्रसाद कडरियाले सहारा नेपालसँगको साझेदारीमा ३ वर्षमा १५० वटा स्यालो ट्युबवेल वितरण गरिएको जानकारी दिए । ५ वर्षको अवधिका बिर्तामोड नगरपालिकाले ६३७ वटा स्यालो ट्युबवेल वितरण गरेको छ । यस चालु आर्थिक वर्षमामात्रै नगरबाट ६७ वटा र सहारा नेपालसंगको साझेदारीमा ५० वटा ट्युबवेल वितरण गरिएको जनाइएको छ । वितरण गरिएका ट्युबवेलबाट करिब २ हजार विगाह भन्दा बढी जमिनमा सिँचाई पुगेको छ ।

सहारा नेपाल साकोसका प्रथम उपाध्यक्ष छविलाल खतिवडाको अध्यक्षतामा आयोजित रकम हस्तान्तरण कार्यक्रममा द्वितिय उपाध्यक्ष ज्ञानुनाथ मैनाली, कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, सञ्चालक समिति सदस्य शंकरप्रसाद रिजाल, लक्ष्मी आचार्य, गुहेश्वरी कार्की, नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्रप्रसाद कडरिया, कृषि प्राविधिक सुजित साह लगायत कृषकहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : असार ३२, २०७९ शनिबार  २ : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]