जेष्ठ ५, २०८१ शनिबार

थप २०५ जनामा सङ्क्रमण पुष्टि

बिर्तामोड । देशभर पछिल्लो २४ घण्टामा २०५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ९० जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ८१ हजार २९४ पुगेको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार ९०७ रहेको छ । पछिल्लो समय थप ५१ जना सङ्क्रमणमुक्त भएका छन् ।

यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ९७५ पुगेको छ । यो दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । नेपालमा सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । त्यसैगरी पछिल्लो समय एक लाख ८२ हजार ९८९ जनाले खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ३८५ रहेको छ । जसमध्ये होमआइसोलेशनमा एक हजार ३४४, संस्थागत आइसोलेशनमा ४१, आइसीयूमा १७ र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : असार ३२, २०७९ शनिबार  ६ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]