बैशाख १३, २०८१ बिहीबार

एनसेललाई नेटवर्क समस्या समाधान गर्न उपाध्यक्ष कुवरको माग

बिर्तामोड । गौरीगञ्ज गाउँपालिका वडा नं. ५ र ६ मा एनसेललाई नेटवर्क समस्या समाधान गर्न माग गरिएको छ । गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुवरले एनसेललाई पत्रचार गर्दै सो समस्या समाधानको माग गरेकी हुन् ।

धेरै घरधुरी रहेको सो वडाहरुमा एनसेलको नेटवर्क समस्या रहेको गुनासो आएपछि उपाध्यक्ष कुवरले समाधानका लागि पहल थालेकी हुन् । पत्रमा उनले उपयुक्त स्थान छनौट गरी टावर व्यवस्थापन गर्दै नेटवर्क समस्याको समाधान गर्न भनेकी छन् ।

प्रकाशित मिति : श्रावण १, २०७९ आईतबार  ७ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]