बैशाख २१, २०८१ शुक्रबार

ऋण दिएको ३६ लाख उठाउन गौरादहमा अनसन

झापा । झापा गौरादह – १ का यमनाथ दाहाल ऋण दिएको रकम उठाउन अनसन बसेका छन् । लाखौं रकम डुबेपछि ऋण दिएको रकम उठाउन गौरादहमा आमरन अनसन शुरु गरेको बताएका छन् ।
स्थानीय सृजना घिमिरेले लेनदेनको क्रममा सापट लगेको आफ्नो ३६ लाख रुपैया वर्षौं बित्दा पनि फिर्ता नदिएपछि उनी अन्ततः अनसन नै बस्न बाध्य भएको बताए । गौरादह बजारमा उनी अनसन बसिरहेका छन् । ‘गौरादहमा सबैसँग हार गुहार गरे, जनप्रतिनिधिसँग पनि सहयोग मागे, पैसा लगेको सबै प्रमाण छ, तर न्याय पाईन्, अनसनरत दाहालले भने ।
आफ्नो पैसा फिर्ता नभइन्जेल अनसन बस्ने दाहालको भनाई छ । घिमिरेका कारण आफ्नो बिल्लीबाठ भएपछि हाल सफारी चलाइरहेका दाहालले सफारी पनि ऋणबाट निकालेको जानकारी दिए । गाउँ समाजमा पटक–पटक छलफल भएपनि आफुले न्याय पाउन नसकेको दाहालको दुखेसो छ । नगरपालिकाको न्यायिक समितिले छलफल गरेको तर प्रतिवेदन गुपचुप पारेको दाहालको आरोप छ । न्याय दिनुपर्ने न्यायीक समिति पनि पीडकसँग मिलेको उनले आरोप लगाएका छन् । घिमिरेले २०७३ साल चैत्र १७ देखी आफुसँग पैसा लगेको र छिमेकको नातामा विश्वासले ऋण पनि तिरिदिएको दाहाल बताउछन् । तर, घिमिरेलाई आफुले सहयोग गर्दा आफै डुबेको र पैसा माग्दा तर्काउने र धम्की दिने गरेको बताउँछन् ।
दाहालले सृजनालाई कारोबार गर्ने शिलशिलामा २६ लाख दिएका थिए । हाल त्यसको ब्याज सहित जोड्ने हो भने ३६ लाख पुग्ने दाहालको दाबी छ । (रातोकलमको सहकार्यमा)

प्रकाशित मिति : बैशाख १९, २०७६ बिहीबार  ५ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]