जेष्ठ ७, २०८२ मंगलबार

आजदेखि झापासहित ५ जिल्लामा अनलाइनबाट मतदाता नामावली फाराम भर्न पाइने

बिर्तामोड । निर्वाचन आयोगले काठमाण्डौसहित आठ जिल्लाबाट अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था मिलाएको छ । निर्वाचन आयोगले काठमाण्डौ उपत्यका बाहिर पाँच जिल्लामा मतदाता नामावलीको लागि अनलाइन फारम भर्न सकिने व्यवस्था मिलाएसँगै आठ जिल्लाबाट यो सेवा सुरु भएको हो ।

आयोगका अनुसार आजदेखि  चितवन, कास्की, मोरङ, काभ्रेपलाञ्चोक र झापामा अनलाइन फारम भर्न सकिन्छ । काठमाण्डौ, ललितपुर र भक्तपुरमा भने गएको असार २९ गतेदेखि नै अनलाइन फारम भर्न सकिने व्यवस्था मिलाइएको थियो । अनलाइन फारम भरिसकेपछि प्राप्त संकेत नम्बर, आवश्यक कागजपत्रसहित फोटो खिच्न र औंठा छापका लागि आयोगको जिल्ला कार्यालयमा जानुपर्दछ । यसअघि नै मतदाता नामावलीमा नाम लेखाइसकेकाहरूले भने फेरि फारम भर्न नपर्ने आयोगले जनाएको छ ।

प्रकाशित मिति : श्रावण ४, २०७९ बुधबार  ८ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]