बैशाख १३, २०८१ बिहीबार

शिवसताक्षी नगरपालिका झापाको प्रेस विज्ञप्ति

मिति २०७६ साल भाद्र २१ गते शनिवारका दिन बिर्तामोड झापामा भएको एक कार्यक्रमको सन्दर्भमा विभिन्न सामाजिक सञ्जाल मार्फत प्रेसित विवरणमा यस नगरपालिकाको समेत नाम उल्लेख भएको पाइएको हुदाँ सो सम्बन्धमा यस नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।
यर्थाथ नबुझी वा बुझन नखोजी अपुष्ट विवरणका आधारमा प्रचार गरिएको उक्त विवरणका सन्दर्भमा केही कुरा राख्न उपयुक्त ठानिएको छ । यस नगरपालिकाले जनतासँग प्रत्यक्ष सरोकार रहेका बिषयहरुलाई नगरको सिमित स्रोत र साधनको भरपुर उपयोग गर्दै बिकास र समृद्धिलाई पहिलो एजेण्डा बनाई जनतालाई सँगसँगै अगाडि बढाइरहेको व्यहोरा सर्वविदितै छ ।

नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिहरुलाई अनिवार्य बैंक मार्फत वितरण गर्नुपर्ने नीति रहेको हुदाँ बैंकिङ्ग प्रणालीबाट भुक्तानी प्रकिया भइसकेको छ । बिगतमा विविध प्राविधिक ( सबै वडामा बैंकिङ्ग सेवा नहुनु, लाभग्राही बैंकमा खाता खोल्न आनाकानी गर्नु, समेतका ) कारणले नगदैै वितरण गर्नुपरेको व्यहोरा सबैमा विदितै छ ।

आ.व २०७४/०७५ को म.ले.प डोरले सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण गर्नुपर्नेमा नगदै वितरण गरेको हुदाँ नेपाल सरकारको नीति सम्बद्ध काम पुर्ण रुपले यस नगरपालिकामा प्राप्त वार्षिक सामाजिक सुरक्षा भत्ता वापतको रु.१०,७५,१९,०००।०० नियमित गर्नुपर्ने भनि औल्याएको बेरुजु रकमलाई भ्रष्टाचारमा तुलना गरी असान्दर्भिक र झुटो विवरण प्रस्तुत गरिएको विषय प्रति हामी खेद प्रकट गर्दछौं ।
उल्लेखित औल्याएको बेरुजु उपर आ.व २०७५/०७६ देखि नगरपालिकाले अनिवार्य बैंक मार्फत मात्र सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । विभिन्न पूर्वाधार विकास योजना संचालन गर्दा गर्दै आव समाप्त भएको तर अर्को आवमा योजनाहरुको पेश्की, विभिन्न योजना कार्यक्रमको कर विजक संलग्न गर्नुपर्ने, प्रदेश सरकारलाई फिर्ता दिनुपर्ने तथा केही थप कागजात संलग्न गर्नुपर्ने नीतिगत बेरुजु म.ले.प. डोरले औल्याएको र औल्याएका विषयहरु सम्बोधन भइसकेका छन् ।

यस नगरपालिकाले समायोजन भइ आएका विभिन्न पद तथा विधाका कर्मचारीहरु, सामुदायिक विद्यालयका शिक्षक कर्मचारीहरु तथा नगरको कार्यबोझका आधारमा नियुक्त गरिएका कर्मचारीहरुको तलब भत्ता, सेवासुविधा कानुन संवत तोकिएको छ भने स्थानीय जनप्रतिनिधिहरुको सेवासुविधा प्रदेश सरकारले निर्धारण गरेको छ । नियम बमोजिम पाउने सेवा सुविधाको रकमलाई मोजमस्ती शिर्षक खर्च भनि निम्न स्तरको शब्द प्रयोग भएको पाइएको हुदाँ प्रस्तुतिको शैली तथा शब्दावली सच्चाइयोस् भनि हामी प्रस्तोतालाई सुझाउन चाहन्छौैं ।

नगरपालिकाको वार्षिक नीति बजेट तथा कार्यक्रम मार्फत नगरको सम्पुर्ण आन्तकि आम्दानी, नेपाल सरकारको अनुदान (सशर्त र निशर्त ) प्रदेश सरकारबाट यस नगरमा आम्दानी बाधिने गरी उपलब्ध श्रोत तथा उल्लेखित श्रोत अनुसार हुने/ गर्ने खर्च विवरण नगरबासी समक्ष पुराएको छौं ।
विकास निमार्णका कार्यमा कहाँ के कति रकम विनियोजित छ र के कसरी काम भइरहेको छ भन्ने वास्तविक तथ्य नगरवासीका अगाडी छर्लङ्गै छ । तथ्यहिन एवं भ्रमपूर्ण उत्तेजित भाषणबाट जनमत प्राप्त जनप्रतिनिधिहरुलाई अपमानित गर्ने शब्दको प्रयोग गरि जनमत माथि नै धावा बोल्ने, जनतालाई भ्रमित पार्ने कुचेष्टा राखी आएको अभिब्यक्तिको भत्सर्ना गर्दै यस्ता भ्रामक भाषणबाजीको कुनै औचित्य नरहेको व्यहोरा नगरवासी समक्ष निवेदन गर्दछौँ ।

यसै नगरका जनताहरुले नगरको विकासका लागि ठुलो विश्वास गरी प्रदान गर्नुभएको जिम्मेबारीलाई डकमग गर्ने गराउने कार्य कहिल्यै नहुने बचनबद्धता सहित गलत र भ्रामक भाषणबाजीमा विश्वास नगर्न सम्पुर्ण नगरबासीहरुमा हार्दिक अनुरोध गर्दछु ।
नविन इजम : नगर प्रवक्ता

प्रकाशित मिति : भाद्र २४, २०७६ मंगलबार  ९ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]