श्रावण ३१, २०७९ मंगलबार

आज पुष्पलालको ४४औँ स्मृति दिवस 

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४४औँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।

नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पुष्पलालको २०३५ साल साउन ७ गते भारत प्रवासमा रहेको बेला निधन भएको थियो ।

२००५ सालमा पुष्पलालले मार्क्स र एंगेल्सद्वारा लिखित विश्व कम्युनिष्ट पार्टीको घोषणापत्रलाई नेपालीमा उल्था  गर्नुभएको थियो । त्यसको एक वर्षपछि पुष्पलालले विसं २००६ वैशाखमा चार जना साथी निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर पहिलो पटक भारतको कोलकातामा बसेर नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको थियो ।

राणा विरोधी आन्दोलनका शहीद गङ्गालाल श्रेष्ठका माइला भाइ समेत रहनुभएका उहाँ दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणाशाही बिरोधी आन्दोलनमा सक्रिय हुनुभएको थियो । 

पुष्पलालको ४४औँ स्मृति दिवसका अवसरमा नेकपा (एमाले)ले काठमाडौँ महानगरपालिका वडा नं १८ ताम्सीपाखाको पुष्पलाल चोकमा कार्यक्रम आयोजना गरेको छ । 

आज बिहान ८:००  बजे पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पुष्पलालको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम एमाले कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयो। 

प्रकाशित मिति : श्रावण ७, २०७९ शनिबार  ८ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास