चैत्र १६, २०८० शुक्रबार

कचनकवल घटना : तीनै किशोरी चिया मजदुर, शनिवार दिउँसोसम्म घरमै थिए

बिर्तामोड । झापाको कचनकवल गाउँपालिकामा एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका तीन किशोरीलाई पोष्टमार्टमका लागि धरान घोपा पठाउने तयारी गरिएको छ । झापा प्रहरी प्रवक्ता बसन्त पाठकका अनुसार घोपा पठाउने तयारी भइरहेको छ ।

कचनकवल गाउँपालिका– ५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा दुई जना एउटै हाँगामा र अर्की किशोरी अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेको उनले बताए । तीनै जना किशोरी सोही चिया बगाममा मजदुरी गर्दै आएका थिए ।

फेला पर्नेहरुमा कचनकवल– ५ निवासी पंचम गणेशकी १६ वर्षीय छोरी करिना, पुवालु गणेशकी १७ वर्षीय छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीय छोरी कल्पना रहेका छन् ।

स्थानीयका अनुसार उनीहरू तीनै जना शनिवार दिउँसोको खाना बनाएर खानपिन गरेरै बाहिर निस्केका थिए । परिवारले शनिवार छुट्टी भएका कारण खोजी नगरेको जनाएका छन् । उनीहरू आइतबार बिहान साढे ७ बजे सामूहिक झुन्डिएको अवस्थामा स्थानीयले फेला पारी प्रहरीलाई तत्काल खबर गरेका थिए ।

प्रकाशित मिति : श्रावण ८, २०७९ आईतबार  १२ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]