बैशाख १५, २०८१ शनिबार

कचनकवल घटना : दुई जनाको मोवाइल भेटियो, जाँचका लागि काठमाडौं पठाइने

बिर्तामोड । झापाको कचनकवल गाउँपालिकामा एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका तीन किशोरीमध्ये दुई जनाको मोवाइल फेला परेको छ ।

झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले दुई जनाको गोजीमा मोवाइल फेला परेको जानकारी दिए । तीनमध्ये एक जनाको मोवाइल भेटिएन । फेला परेका दुई मोवाइलमा ‘प्याट्रोन लक’ छ, प्रवक्ता पाठकले भने – मोवाइल जाँचका लागि डिजिटल फोरेन्सिक ल्यावमा पठाउछौं ।

तीनै जनाको शवमा कुनै चोटपटक नदेखिएको प्रहरीको भनाई छ । प्रवक्ता भन्छन्, धेरै शंकास्पद नभएपनि अनौठो घटना भएकाले सुक्ष्म ढंगबाट घटनाको अनुसन्धान गरिनेछ ।

उनका अनुसार शवको पोष्टमार्टमका लागि धरान घोपा पठाइएको छ । कचनकवल गाउँपालिका– ५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा दुई जना एउटै हाँगामा र अर्की किशोरी अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेका थिए । उनीहरु सोही चिया बगाममा मजदुरी गर्दै आएका थिए ।

मृत अवस्थामा फेला पर्नेहरुमा कचनकवल– ५ निवासी पंचम गणेशकी १६ वर्षीय छोरी करिना, पुवालु गणेशकी १७ वर्षीय छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीय छोरी कल्पना रहेका छन् ।

प्रकाशित मिति : श्रावण ८, २०७९ आईतबार  ६ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]