बैशाख ७, २०८१ शुक्रबार

साङगोले बाँधिएकी महिलाको मायाघरद्वारा उद्धार

शिवसताक्षी । झापा शिवसताक्षी १० दोमुखाकी ३ वर्ष अघिदेखि साङ्लोमा बाँधिएकी महिलाको इटहरी स्थित मायाघर नेपालले उद्धार गरेको छ ।

उनलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, प्रशासन प्रमुख डिल्ली नेपाल र इलाका प्रहरी कार्यालय झिलझिलेको रोहवरमा माया घर नेपाललाई जिम्मा लगाइएको हो ।

आइतबार शिवसताक्षी नगरपालिकाको रोहवरमा मायाघर नेपालले शिवसताक्षीकी अम्बिका ढकाललाई मायाघर नेपालले औषधी उपचार गर्ने गरी लगेको मायाघर नेपालका कर्मचारी बाबुराम सुवेदीले बताए । उनले माया घर नेपालमा अहिले १ सय २० जनालाई विभिन्न स्थानबाट उद्धार गरी उपचारको क्रममा रहेको जानकारी दिए । उनले भने, मायाघर नेपाल तपाई हाम्रो संस्था भएकाले सबैले माया गरिदिन आग्रह समेत गरेका छन् ।

सरकारले गर्नु पर्ने काम माया घर नेपालले गरेको छ । समाजमा भएका असक्त, अपाङ्ग र उपचार नपाएर छटपटाई रहेका नागरिकलाई त्यहाँको स्थानीय निकायहरुको ध्यान पुग्न जरुरी रहेको उनको भनाई थियो । शिवसताक्षी नगरपालिकाकी उपप्रमुख लगायत कर्मचारीहरुलाई एक चोटी माया घर नेपालमा आएर त्यहाँका गतिविधी अवलोकन गरिदिन समेत उनले आग्रह गरेका छन् ।

छोरीको उपचार गर्न नसक्न साङ्लोमा बाँधेर राख्नु परेको आमा सरस्वता ढकालले बताइन् । उनको दुवैवटा खुट्टामा साङ्ली लगाएको थियो । जसले उनी विस्तारै मात्र हिड्न सक्छिन् ।
वि.सं. २०४१ सालमा जन्मिएकी अम्बिकाले माइखोलमा गिटी कुटेर आफ्नो आमा र भाईलाई पाल्दै आएकी थिइन । उनले २०६० सालमा उनले भागेर विवाह गरिन् । विवाह पश्चात श्रीमान पेटमा बच्चा भएको अवस्थामा नै छोडेर भागे । त्यस पश्चात उनी माइतमै बस्दै आएकी थिइन । उनले माइतमै छोरीलाई जन्म दिइन । समय वित्दै गयो । छोरी चार वर्षकी भएपछि एक्कासी उनीमा समस्या देखा परेको आमा सरस्वताले बताइन् ।

सुरुमा उपचारका लागि भारतको सिलगुडी समेत लगेको थिए । सिलगुढीबाट दिएको औषधीले केही समय ठिक हुँदै थियो, आमा सरस्वताले भनिन् । आफुले परिवार पाल्ने जिम्मेवारी, कमाएर ल्याउने छोरीको नै यो हालत भएपछि रकम अभावका कारण औषधीलाई निरन्तरता दिइन नसकेको आमाको भनाई थियो ।

छोरीको उपचारका लागि गएको वर्ष पनि शिवसताक्षी न.पा. १० का वडाध्यक्षलाई आग्रह गरेको आमाले सरस्वताले बताइन् । तर उनको कुरा सुनुवाई भएन । अहिले शिवसताक्षी नगरपालिकाकी उप्रपमुख, वडाध्यक्ष लगायत लगायतको उपस्थितिमा छोरीलाई माया घर नेपालले उपचार गर्न लाने भएपछि आमा सरस्वताले खुसी व्यक्त गरेकी छिन् ।

प्रकाशित मिति : श्रावण ८, २०७९ आईतबार  ७ : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]