बैशाख २०, २०८१ बिहीबार

एमाले अध्यक्ष ओली चार दिनका लागि झापा आउँदै, यस्तो छ कार्यक्रम तालिका

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विभिन्न कार्यक्रममा सहभागी हुन तीन दिनका लागि गृहजिल्ला झापा आउने भएका छन् । स्थानीय तहको निर्वाचनपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली गृहजिल्ला र आफ्नो निर्वाचन क्षेत्रमा चार दिन भेटघाट तथा बिभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रा छ ।

ओलीका सचिवालय सदस्य रामशरण बजगार्यंले अध्यक्ष ओली बुधवार झापा आउने जानकारी दिए । ११ गते आएर १४ गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ । एमाले झापाका अनुसार दुई दिन अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा ५ का नेता कार्यकर्ता तथा बिभिन्न क्षेत्रका अगुवाहरुसँग भेटघाट गर्नेछन् ।

अध्यक्ष ओली बुधवार ११ गते विहान भद्रपुर विमान स्थलमा अवतरण गरेर विर्तामोडमा आयोजना हुने नेपाल उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा सहभागी हुने र त्यसपछि पार्टीका जनवर्गीय संगठनका पदाधिकारी नेतासँग अलग अलग भेटघाट गर्ने कार्यक्रम रहेको छ । बुधवार अध्यक्ष ओली विर्तामोडमै बस्ने तयारी छ ।

१२ गते विहान आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा जानेछन् । त्यहाँ दमकलाई मुकाम बनाएर क्षेत्रभरीका कार्यकर्तालाई भेटघाट गर्ने कार्यक्रम रहेको छ । एमाले नेता होम थापाका अनुसार विहान ९ बजे एमाले दमक नगर कमिटी कार्यलयमा दमक नगर कमिटीका पदाधिकारी र माथिल्लो कमिटीका कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ ।

सोही दिन १०.३० बजे गौरादह नगर कमिटीका पदाधिकारीसहित माथिल्लो कमिटीका कार्यकर्तासँग भेटघाटको कार्यक्रम छ भने १ बजे गौरीगञ्ज गाउँपालिकाका पदाधिकारी र त्यस भन्दा माथीका कार्यकर्तासँग भेटघाट तय गरिएको छ । यी सवै भेटघाट होटल दमकस्थित कामाक्षमा आयोजना गरिएको छ ।

यस्तै दिउसो २ बजे क्षेत्र नं ५ स्तरीय क्षेत्रीय कार्यकर्ता भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । उक्त भेलामा वडा अध्यक्षदेखि माथिल्लो तहका जनप्रतिनिधी, जनसंगठनका पालिका पालिका कमिटी भन्दा माथीका कार्यकर्ताहरु सहभागी हुनेछन् । सो कार्यक्रम कस्मिट पार्टी प्यालेस दमकमा तय गरिएको छ ।

बिहीवार नै अपरान्ह साढे ४ बजे कमल गाउँपालिका अगुवा कार्यकर्तासँग भेटघाट हुनेछ । ५ बजे अनेरास्ववियुका नेता कार्यकर्तासँग र ६ बजे युवा संघका नेता कार्यकर्तासँग भेटघाटको कार्यक्रम राखिएको छ ।

यस्तै १३ गते ९ बजे पार्टी निकट व्यवसायीसँग भेटघाट, १० बजे अनेमसंघका नेता कार्यकर्तासँग भेटघाट तय गरिएको छ भने ११ बजे लोकतान्त्रिक धिमाल संघका अगुवा कार्यकर्ताहरुसँग भेटघाटको कार्यक्रम तय गरिएको छ । यस्तै अन्य बिभिन्न भेटघाट तथा कार्यक्रममा सहभागी भई अध्यक्ष ओली साउन १४ गते काठमाडौं फर्कने कार्यक्रम रहेको बजगाईंले जानकारी दिए ।

प्रकाशित मिति : श्रावण १०, २०७९ मंगलबार  १० : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]