बैशाख १७, २०८१ सोमबार

एक्सीस रुचालले ल्याए ‘तिम्रो यादमा’

मेचीनगर । मेचीनगरका एक युवाले ‘तिम्रो यादमा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
आइतबार मेचीनगर–८, इटाभट्टास्थित दिपिका होटलमा एक कार्यक्रमको आयोजना गरेर सो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

प्याव्सन मेचीनगरका अध्यक्ष डम्बर रुचालका छोरा एक्सीस रुचालको शब्द, स्वर, संगीत र अभिनय रहेको ‘तिम्रो यादमा’ म्यूजिक भिडियोमा जातीय विभेदको विषयलाई उठान गरिएको छ ।

चार मिनेट २० सेकेण्डको म्यूजिक भिडियोमा पुरानो परम्परा र नयाँ पुस्ताको युगको अन्तरलाई बुझाउने कोसिस गरिएको छ । म्यूजिक भिडियोको सुटिङ मेचीनगर–३ को विभिन्न स्थान, टोकला चिया बगान र काँकरभिट्टामा गरिएको थियो ।
मेचीनगर–३ स्थित थेसिस इङ्लिस स्कूलबाट भर्खरै एसईई पास गरेका नवोदित कलाकार रुचालले म्यूजिक भिडियोमा अघि बढ्ने सपना रहेको बताए ।

रुचाल पाँच वर्षदेखि म्यूजिक भिडियोको प्रशिक्षणमा छन् । उनलाई म्यूजिक भिडियोका प्रशिक्षक अर्जुन दाहालले प्रशिक्षण दिइरहेका छन् । म्यूजिक भिडियोमा कलाकारहरु सोही स्कूलका कक्षा १० मा अध्ययनरत छात्रा रितिका योगी, परिवर्तन थिएटरका कलाकार लोमस पौडेल लगायतको अभिनय रहेको छ ।

प्रकाशित मिति : श्रावण १५, २०७९ आईतबार  ७ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]