जेष्ठ ४, २०८१ शुक्रबार

झापाली पत्रकारसँग लिङदेनको चियागफ : क्षेत्र नं. ३ भन्दा बाहिर जान्न

बिर्तामोड । राप्रपाका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा झापा ३ भन्दा बाहिर नजाने बताएका छन् । उनले आफ्ना देवीदेउता नै झापा क्षेत्र नं. ३ मा भएकाले त्यहाँभन्दा बाहिर जाने सोच नबनाएको जानकारी दिए ।

झापाका पत्रकारसँग बिर्तामोडमा चियागफ आयोजना गरेका लिङ्देनले भेटघाटको शुरुआत मै भने – आज मेरो कुराहरु भन्दा पनि तपाईहरुको कुरा सुन्नलाई चिया गफ आयोजना गरिएको छ । राप्रपालाई तपाईहरुको सूझाव के छ ?
लिङ्देनले गृह जिल्लाका अधिकांस पत्रकारलाई आफै चियागफमा बोलाएका थिए । आफ्ना साथीहरुसँग भेटघाट गर्न असाध्यै मन लागेको भन्दै उनले भेटघाटको प्रारम्भमै पत्रकारहरुसँग सूझाव मागे ।

कुराकानीका क्रममा अध्यक्ष लिङदेनले आफ्नो जिल्लाका पत्रकार साथीहरुबाट सकारात्मक सहयोगको अपेक्षा गरेको सुनाए । एक्लै लड्ने कि गठबन्धन गर्ने भन्ने जिज्ञासामा जवाफ दिदैं भने, गठबन्धनको ढोका खुल्ला हुनेछ ।
पत्रकारहरु लिङ्देनले आसन्न निर्वाचनका बारेमा संभवतः उम्मेद्वारी नै घोषणा गर्लान् वा योजना बारे अभिव्यक्ति देलान् भन्ने आशा सहित पुगेका थिए । निर्वाचनको मिति नतोकिएकाले उम्मेद्वारी घोषणा नगरे पनि योजना बारे सुनाउलान भन्ने थियो । तर, पत्रकारहरुसँगै सूझाव मागेपछि एकछिन कार्यक्रमस्थल सुनसान नै भयो । नभन्दै पत्रकारहरुले सूझाव दिन थाले ।

लिङ्देन राप्रपाको अध्यक्षमा निर्वाचित भएपछि पार्टीले नयाँ उचाई प्राप्त गरेको र संगठन विस्तारलाई मजवुद बनाउन सूझाव दिइयो । उनलाई प्रधानमन्त्रीका रुपमा हेर्न पाइयोस् भन्ने देखि एमालेसँग गठबन्धन गरेर निर्वाचनमा जान सूझाइएको छ । पालैपालो बोलेका पत्रकारहरुले राप्रपा अन्य पार्टी जस्तो पदलोलुपतामा लाग्न नहुने र गणतन्त्रबादीहरुको भोट सहायताबाट निर्वाचनमा जान नहुने भनाई राखेका थिए ।

मुल पार्टी भएकाले देशका मुल मुद्धामा राप्रपा स्पष्ट हुँदै जनतालाई समेत स्पष्ट बनाउनुपर्ने सूझाव पत्रकारको थियो । उनको चिया गफमा पत्रकारहरुले असल व्यक्ति उम्मेद्वार बनाए मात्रै मतदाताले मत दिने बताएका थिए । उनको त्यो चियागफमा पत्रकारहरुले हर्क साम्पाङ र बालेन साहको चर्चा समेत गरेका थिए ।

प्रकाशित मिति : श्रावण १८, २०७९ बुधबार  ४ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]