जेष्ठ ४, २०८१ शुक्रबार

बाह्रदशी र भद्रपुरले निःशुल्क रगत उपलब्ध गराउने

बाह्रदशी – जिल्लाका १५ पालिकामध्ये बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिकाले पालिकाभित्रका आफ्ना नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने भएका छन् । चालु आर्थिक वर्ष २०७९-८० का लागि दुवै पालिकाले रगत अभावका कारण विपन्न नागरिकलाई समस्या नहोस् भन्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी झापासँग निःशुल्क रगत उपलब्ध गराउनका लागि सम्झौता गरिसकेको जनाएका छन् ।

नेरेसो झापा कार्यालयका अधिकृत हरिशरण खड्काले सम्झौता गरिएका पालिकाभित्र रहेका नागरिकमध्ये जोसुकैलाई रगत आवश्यक परेको खण्डमा नेरेसोले सञ्चालन गरेका रक्तसञ्चार केन्द्रबाट निःशुल्क उपलब्ध गराइने जानकारीदिनुभयो । उहाँले सम्झौता गरिएको पालिकाका बासिन्दा हो भन्ने विवरण खुलेको कागजात वा पालिकाले सिफारिस गरेको कागजातको आधारमा बिरामीलाई रगत उपलब्ध गराउने बताउनुभयो । सम्झौता गरिएका पालिकाहरुले धरान, विराटनगरसम्मका अस्पतालमा रहेका बिरामीका लागि समेत जिल्लाका पायक पर्ने रक्तसञ्चार केन्द्रबाट रगत लैजाने सक्ने व्यवस्था गरिएको उहाँको भनाइ छ ।

गत वर्ष जिल्लाका मेचीनगर नगरपालिका, बाह्रदशी, झापा गाउँपालिकाले नरेसोसँग एक वर्षका लागि निःशुल्क रगत उपलब्ध गराउनका लागि रु पाँच लाखका दरले रकम बुझाएका थिए । यस सेवाबाट सबैभन्दा धेरै मिर्गौलाका रोगीले रगत धेरै प्रयोग गरेको अधिकृत हरिशरण खड्काले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिकाले मात्र हालसम्म सम्झौता गरिसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार झापा गाउँपालिकाले समेत पुनः सम्झौताका लागि पहल गरिरहेको छ ।

प्रकाशित मिति : श्रावण १९, २०७९ बिहीबार  ४ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]