बैशाख ११, २०८१ मंगलबार

‘अब गौरीगञ्जको कृषिले फड्को मार्छ’

झापाको गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ जापानको सिचाई प्रणाली अध्ययन सकेर फर्कनुभएको छ । जिल्लाका चार स्थानीय सरकारका प्रमुखले जापानको कृषि विकासमा सिचार्इंको भूमिका, सिचाईको भौतिक पूर्वाधार, र त्यहाँको कृषि क्षेत्र अध्ययन गर्ने अवसर पाउनु भयो । जापानको सिचाई अध्ययन सकेर फर्कनु भएका अध्यक्षको अनुभव र यहाँको कृषिमा गर्न सकिने परिवर्तनका बारेमा गरिएको संक्षिप्त कुराकानी :

१, जापानको भ्रमण सकेर आउनुभयो, किन जानु भएको थियो ?
हामी एकहप्ताको जापान भ्रमण सकेर फर्किएका छौ । झापाको चार स्थानीय तहबाट प्रमुखहरु जापान भ्रमण गएका थियौं । जल उपभोक्ता समिति, कनकाई सिचाई डिभिजनका प्रतिनिभिसहितको हाम्रो टोली जापानको सिचाई प्रणालीको अध्ययन गर्न गएको थियो । जापानको जाइका नामक संस्थाले जापानको आधुनिक सिचाई प्रणाली अध्ययन गराउन झापाको चार स्थानीय तह गौरीगञ्ज, कमल, शिवसताक्षी र गौरादहबाट अध्यक्ष/प्रमुखलाई अध्ययन भ्रमण गराएको हो ।

जापान भ्रमणमा हामीले नेपाल सरकारको खर्च गरेका छैनौ । सम्पूर्ण व्यवस्थापन जाइकाले गरेको थियो । झापामा जाइकाले सिचाईमा सहयोग गर्दै आइहेको छ । जाइकाको सहयोगमा सिचाई हुने चार स्थानीय तहको सिचाई प्रणालीलाई व्यवस्थापन गर्न अध्ययन भ्रमणमा गएका हौं । जापानको सिचाई व्यवस्थालाई अध्ययन गरेर नेपालको कृषि क्षेत्रमा सिचाई व्यवस्थित गर्ने मुल उद्देश्य छ । जापान र नेपाल विच सिचाईमा सहयोग छ । त्यसैले हामीले भ्रमणको अवसर प्राप्त गरेका हौं ।

२, भ्रमण के मा केन्द्रीत थियो ?
अंग्रेजी महिना अगष्ट १७ तारिख देखि २५ तारिखसम्म जापानको विभिन्न स्थानमा अवलोकन र अध्ययन गर्ने अवसर जुट्यो । सो अध्ययन भ्रमण आफ्नो स्थानीय तहभित्रको सिचाई व्यवस्थालाई कसरी सुधार ल्याउन सकिन्छ भन्नेमा केन्द्रीत रह्यो । ६ दिन जापानको विभिन्न ठाउँमा कृषि क्षेत्रको समेत अध्ययन गर्ने अवसर मिलेको थियो । त्यहाँको कृषि क्षेत्र भेग रहेछ । विकासका दृष्टिले पनि जापानको कृषि धेरै अगााडि छ ।

हाम्रो कृषि प्रणाली धेरै पछाडि छ । यहाँको कृषि क्षेत्र सुधार गर्न अझै धेरै मिलाउन बाँकी छ । जापानको सिचाई प्रणाली व्यवस्थित हुनुको मुख्य कारण भनेको संरचना निर्माण नै हो । त्यहाँको सिचाईको संरचना नै व्यवस्थि र आधुनिक छ । त्यहि राष्ट्रको जाइकाको प्राविधिक सहयोगमा कनकाई सिचाई मार्फत झापाको चार स्थानीय तहका किसानले पानीको उपभोग गर्दै आएका छन् ।
३, जापानको खेती प्रणाली कस्तो रहेछ ?
मैले अध्ययन भ्रमणमा जापानिज नागरिकको मेहनत देखे । किसानहरु प्रविधिको उच्च प्रयोग गर्ने रहेछन् । कृषि क्षेत्रलाई जापानले उधोगको रुपमा लिएको पाइयो । ३ जना व्यक्तिले ६० हेक्टर जग्गामा कृषि बाली लगाएको अवलोकन पनि गरे । उनीहरु वर्षभरी विभिन्न कृषि उत्पादनका लागि परिवार नै लागि पर्दा रहेछन् ।

एउटै परिवारले ६० हेक्टर जमिनमा कृषिको लागि काम गर्नु सामान्य कुरा होइन । नेतृत्व ३ जनाले गरेपनि जमिनमा प्रविधिकै प्रयोग धेरै छ । आवश्यक उपकरणको कुनै अभाव थिएन । आवश्यक परेमा कृषि मजदुरलाई पनि श्रममा लगाउने गरेको पाइयो । वर्षमा १ वाली मात्र लाग्ने जापानमा झण्डै १ विगाहमा १ सय ५० मन धान फल्दो रहेछ । एकातिर धान छ भने अर्का तिर तरकारी वाली लगाएको देखियो । कृषिलाई आम्दानीको स्रोतका रुपमा जापानका नागरिकले लिएका रहेछन् ।
४, सिचाईको संरचनाको अवस्था कस्तो रहेछ ?
जापान त्यसैे पनि सम्पन्न राष्ट्र हो । त्यहाँको संरचना पनि आधुनिक र प्राविधिक नै छ । सिचाईको समयमा पानीको अवरोध हुने अवस्थै नआउने रहेछ । नेपालमा अर्थात गौरीगञ्ज मै हेर्ने हो भने जब सिचाई गनुपर्ने समय हुन्छ तब नहरहरु मर्मत गर्न थालिन्छ । पानी चाहिने समयमा नहरहरु ठिक हुदैनन् । पानी भएपनि यहाँ संरचना ठिक नहुँदा किसानले सास्ती व्यहोर्नु परेको छ । तर, जापानमा सिचाईको संरचना सधैं ठिक अवस्थामा राखिदो रहेछ ।

पानी संचित गरेर पनि राख्ने व्यवस्था हुने रहेछ । ठुला–ठुला ड्यामहरु निर्माण गरेर पानी संचित गरेको देखियो । त्यहाँको सिचाई रिमोटबाट कन्ट्रोल भइरहेको छ । कृषि क्षेत्रलाई पनि प्रविधिको युग सुहाउँदो बनाइएको रहेछ । यहाँ अझै पनि पानी आफ्नो जग्गामा पु¥याउन निकै कठिन हुन्छ । नहरहरुको निर्माण पनि ठिक छैन । नजिकको जग्गामा पानी पुग्छ, अलि टाढा रहेको जग्गामा पानी पु¥याउन समस्या छ । त्यो समस्या भनेको यहाँ नहरको संरचना त्यस्तो भएर हो । जापानमा प्लट–प्लटमा सिचाई हुने अवस्था छ ।

त्यहाँका नदीबाट पानीको व्यवस्थापन गरिएका रहेछन् । नदी ओभर फ्लो भएमा त्यो पानी नदीमै झार्ने गरीको संरचना निर्माण गरिएका रहेछन् । तर, यहाँको नदी बढेर पानी ओभर फ्लो भएमा सबै पानी उपयोग गर्न नसक्ने स्थिति हुन्छ । जापान सरकारले कृषिलाई उच्च प्राथमिकता राखेको पाइयो । यहाँ पनि प्रयास भएका छन् । तर, केहिकेहि कुरा नमिल्दा कृषिले फड्को मार्न सकेको छैन ।
५, जापानको कृषि सिचाई अध्ययन गर्दा नेपालले कृषिमा किन फड्को मार्न सकेन रहेछ ?
जापान सरकार कृषिमा सिन्सियर रहेको अध्ययनमा महसुस ग¥यौं । यहाँ जवाफदेहीको कमि छ । समयलाई नेपाली समाजले हल्का रुपमा लिएको छ । तर, जापानले हरेक क्षेत्रको सफलताका लागि समयलाई नै महत्वपूर्ण मानेको पाइयो । यो यहाँ पनि लागु हुनुपर्छ । नेपालमा गफ धेरै गर्ने काम कम गर्ने संस्कार हुर्किदैछ । यो देशकै लागि घातक छ । कृषि भनेको देशलाई नै माथि पु¥याउन सक्ने क्षेत्र हो । सरकारले किसानको लागि सोच्नुपर्छ । नागरिकले देशको लागि सोच्नुपर्छ । कृषि क्षेत्रको विकासका लागि राज्य पनि गम्भीर हुनुपर्छ । जापानका कृषि सहकारी संस्थाहरुले विउ उत्पादन गरेर किसानलाई विक्रि गर्छन् ।

कृषकले आफै विउ उत्पादन गर्न पाउँदैनन् । कृषिमा व्यस्थित नीति छ । गुणस्तरीय विउविजन उत्पादन गरेर कृषकलाई विक्रि गरिन्छ । विउको पनि गुणस्तरीय ग्रेड छुट्टाउने काम हुन्छ । किसानले उत्पादन गरेको कृषि वस्तु कृषि सहकारीहरुले खरिद गरिदिन्छन् , जापानमा । जापानले ५०÷६० वर्षको अन्तरालमा कृषिमा यतिधेरै फड्को मारेको हो ।
नेपालमा कृषि क्षेत्रको विकासका लागि परियोजनाहरु सञ्चालनमा छन् । यहाँ कार्यान्वय चुनौति छ । नेपालले कृषिमा फड्को नमार्नुको मुख्य कारण भनेको परम्परागत खेती प्रणाली हो । र, यहाँ पूर्वाधारको समस्या छ । कृषिलाई उधोगको रुपमा नलिदा नेपालको कृषिले फड्को मार्न सकेन ।
६, गौरीगञ्जको कृषिलाई कसरी विकास गर्ने ?
सर्वप्रथम यहाँ सरोकारवाला र किसानको सोचलाई बदल्न जरुरी छ । हामी किन कृषि पेशामा छौं । सरोकारवालको भूमिका कस्तो छ । किसानले कृषि पेसालाई कसरी अंगालिरहेका छन् । यो सबै अध्ययन गर्ने तयारी छ । कृषिमा प्रविधिको प्रयोग र आधुनिक कृषि प्रणालीमा नगएसम्म विकास संभव छैन । यसैले किसानलाई आधुनिक खेति प्रणालीको विकासका लागि स्थानीय सरकारको ठाउँबाट पर्याप्त सहयोग हुनेछ ।

सरकारले कृषि क्षेत्रकोे विकासका लागि विभिन्न परियोजना सञ्चालन गरिरहेको छ । परियोजना सञ्चालन गर्नुको अर्थ कृषिलाई विकासको प्राथमिकतामा राख्नु हो । अहिले अध्ययन भ्रमण सकेर आएपछि यहाँ केहि नयाँ काम गर्न सकिन्छ भन्ने मैले सोच बनाएको छु । अब, किसानसँग सल्लाह गर्छौ । किसानले चाहेको के हो ? स्थानीय सरकारले गनुपर्ने के हो ? योजना बनाएर काम गर्छौ । यहाँका किसानलाई धेरै समस्या छ । मुख्यतः सिचाई नै ठुलो समस्या छ, अहिलेका लागि । त्यसैले सिचाईलाई व्यवस्थित गर्नेछौं । हरेक किसानको खेत–खेतमा पानी पु¥याउने मेरो संकल्प छ । यसमा आम गौरीगञ्जबासी र किसान दाजुभाईको साथ सहयोगको जरुरी हुन्छ । किसानले एकता र आधुनिक खेती प्रणाली अवलम्बन गरेमा कृषि क्षेत्रको विकासमा फड्को अवश्य मार्ने छौं ।
७, यहाँको कृषि प्रणाली लथालिङग छ, कसरी संभव होला त ?
एकै पटकमा परिवर्तन आउँदैन । जापान पनि ५०/६० वर्षपछि यो अवस्थामा आएको हो । नेपाल कृषि प्रधान राष्ट्र भएपनि सोचे जस्तो विकास भएको छैन । यहाँ किसानले उचित मुल्य पाउन सकेका छैनन् । बजारको अभाव छ । विउविजनको समस्या हुन्छ । सबै कुरालाई व्यवस्थित गर्न समय लाग्छ । तर, लथालिङग भन्दैमा यत्तिकै छोड्नु पनि त भएन । संकल्प लिएर अगाडि बढ्ने हो भने अवश्य परिवर्तन आउने छ । किसानसँगको सल्लाहमा हामी भन्ने छौं, सानो–सानो कोठे जग्गा होइन, चक्लाबन्दीमा जान सूझाव दिनेछौं । चक्लाबन्दीमा जाने, आधुनिक तरिकाले खेती गर्ने हो भने परिवर्तन संभव छ । गुणस्तरीय विउबाट खेती लगाउनु पर्छ । यदि त्यस्तो भयो भने उत्पादन पनि बढ्छ र किसानले आर्थिक समृद्धि पनि हासिल गर्नेछन् । लथालिङग छ भन्दैमा छोडन मिल्दैन । गौरीगञ्जको कृषिमा पक्कै परिवर्तन ल्याउने छौं ।
८, अनुदानको आवश्यकता छ कि छैन ?
अनुदानको आवश्यकता छ । जापानका किसानलाई पनि सरकारले अनुदान दिने रहेछ । तर, अत्यन्तै कम । कृषिमा अनुदान भनेको कृषकको लागि प्रोत्साहन हो । तर, अनुदान खास कृषकले पाइरहेका छैनन् । अनुदान पाउनुपर्ने किसानले पाएका छैनन् । खास किसानसँग पहुँच हुदैन । पहुँच नहुनेले अनुदान पाएको अवस्था छैन । अनुदान वास्तविक किसानलाई दिने हो भने पनि किसानमा काम गर्न उर्जा हुन्छ । खास किसानले अनुदान नपाउँदा त्यो बजेटको दुरुपयोग हुन्छ । दुरुपयोग रोक्न वास्तविक किसानलाई अनुदान पु¥याउनुपर्छ । अनुदानको आवश्यकता नै छैन भन्न हुदैन । यसमा नियमनकारीको अनुगमन आवश्यक छ ।
९, जापानको सिचाई अध्ययन भ्रमणपछि के गर्ने योजनामा हुनुहुन्छ ?
समयमै सिचाई संरचना निर्माण र मर्मत नहुँदा किसानले खेतबारीमा पानी पु¥याउन सकेका छैनन् । बैशाखमा पानी चाहिन्छ, त्यै समयमा मर्मत हुन्छ, यहाँ । त्यहि कारण हामी कृषिमा पछि परेका छौं । अब, कम्तिमा पहिलो चरणमा किसानको बालीमा समयमै पानी पु¥याउन केहि योजना तयार गर्नेछौं र कामअघि बढाउने छौं । पानीको मुख्य स्रोतको पहिचान गरेर त्यसको संरक्षण सहित सिचाई संरचनालाई समयमै व्यवस्थित गर्ने योजनामा छौं । गौरीगञ्जबासीको जिविकोपार्जन गर्ने मुख्य स्रोत भनेकै कृषि हो । यसको उत्पादन बृद्धिमा किसानले लाग्नैपर्छ । त्यसको लागि हामीले के कति दायित्व पुरा गर्नुपर्छ, गर्न तयार छौं ।
१०, अन्त्यमा आम किसान दाजुभाईलाई के विश्वस्त पार्नुहुन्छ ?
स्थानीय सरकारको प्रतिनिधिका रुपमा आम गौरीगञ्जबासीले मलाई यो जिम्मेवारी प्रदान गनुभएको हो । मैलै यसै ठाउँका लागि सोच्ने हो । कृषि क्षेत्रको म मुहार परिवर्तन गर्न चहान्छु । केहि वर्ष लाग्न सक्छ । कृषिको लागि मेरो संकल्प आजका लागि मात्र होइन, निरन्तर हुनेछ । कृषि प्रदान राष्ट्रका नागरिक हामी , अहिले पनि आत्मनिर्भर बन्न सकेका छैनौ । संरचनागत दृष्टिले कमजोर छौं, अब स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारकै पहलमा यहाँको कृषि क्षेत्रमा काम गर्नेछौं । आयात रोक्नका लागि उत्पाद बृद्धि गर्नैपर्छ ।

नयाँ प्रविधिको प्रयोग गरेर कृषि रोजगार समेत सिर्जना गर्न सकिन्छ । कृषिकै कारण विश्वका धेरै राष्ट्र विकास भएका छन् । त्यसैले सहकार्यको माध्यमबाट कृषकले सामूहिक खेति गरेर गौरीगञ्जबाटै उदाहरण पेश गर्न सकिन्छ । देशभर भौतिक पूर्वाधारलाई मात्र विकासको रुपमा जसरी लिइएको छ, यो पद्दतिलाई बदलेर अबको विकास कृषिक्षेत्र हो भन्ने बनाएर लागौं , कृषिबाटै आत्मनिर्भर बनौं ।

प्रकाशित मिति : भाद्र २६, २०७६ बिहीबार  ११ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]