जेष्ठ ९, २०८२ बिहीबार

नौसय ३४ सङ्क्रमित थपिँदा चारसय ७० घर फर्किए

बिर्तामोड । कोरोना भाइरसको सङ्क्रमण आज नौसय ३४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा पाँच हजार तीनसय ५१ परीक्षणमध्ये नौसय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार छसय ८६ पुगेको छ ।

यस्तै आज कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई चारसय ७० जना घर फर्किएका छन् । अहिलेसम्म नौ लाख ७२ हजार नौ सय ६७ जनामा मानिस स्वास्थ्य लाभ लिई घर फर्किसकेका छन् । यस्तै आज कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार नौसय ७२ जनाको सङ्क्रमणबाट निधन भएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा दुईसयभन्दा बढी सङ्क्रमित भएका जिल्ला मोरङ र कास्की रहेका छन् । सङ्क्रमित शून्य भएका जिल्ला मुस्ताङ, कालीकोट र हुम्ला रहेका छन् ।

यस्तै होम आइसोलेशनमा पाँच हजार पाँचसय नौ जना, संस्थागत आइसोलेशनमा एकसय ७७ जना, सघन उपचार कक्ष (आइसियु)मा ४७ जना र भेन्टिलेटरमा तीन जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा ३२ हजार पाँचसय ३४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : श्रावण २३, २०७९ सोमबार  ६ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]