जेष्ठ ९, २०८२ बिहीबार

घरमै लुकाई राखेको काठ बरामद

बिर्तामोड । माइधारा प्रहरीले शिवसताक्षी –१० का बीरु मगरको घरबाट ५८.०७ क्युफिट अवैध काठ बरामद गरेको छ ।

मंगलवार दिउँसो ३ बजे अस्थाई प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी टोली र रतुवामाई वृक्षारोपण आयोजना केर्खाबाट खटिएको टोलीले मगरको घरबाट उक्त परिमाणको काठ बरामत गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उक्त काठ बरामद गरी आवश्यक कारबाहीका लागि रतुवामाई वृक्षारोपण कार्यालय केर्खा पठाईएको झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

प्रकाशित मिति : श्रावण २५, २०७९ बुधबार  १० : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]