जेष्ठ ९, २०८२ बिहीबार

नागरिकतामा अपमानित नाम राख्ने व्यक्तिलाई कारबाही हुनुपर्छ : आयोग

काठमाडौं । राष्ट्रिय दलित आयोगले आफ्नो समुदायका केही व्यक्तिको नागरिकतामा उल्लेख गरिएको नाममा भेदभावप्रति आपत्ति जनाएको छ । दलित समुदायका केही व्यक्तिलाई नागरिकता वितरण गर्दा ‘कुकुर कामी, कुुकुर्नी कामी’ र ‘कुत्ता कामी’ जस्ता नाम लेखेर दलितलाई अपमान गरेको भन्दै आयोगले आपत्ति जनाएको हो ।

आज यहाँ आयोजित साक्षात्कारमा आयोगका अध्यक्ष देवराज विश्वकर्माले नागरिकतामा देखिएको विभेदले नागरिकता लिने व्यक्तिलाई मात्र नभएर त्यसको असर तिनका पुस्तौँपुस्तासम्म पर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नागरिकतामा अपमानजनक शब्द राख्नु राम्रो होइन ।” आयोगले नागरिकतामा राखिएको थर सच्चाउनका लागि संशोधनको कुरा उठाउँदै आएको उहाँको भनाइ छ । कार्यक्रममा सांसद अञ्जना बिसंखे, भुवन सुनार, सामाजिक अभियन्ता प्रदीप परियारलगायतले दलितका मुद्दामा राज्य गम्भीर हुनुपर्ने बताए ।

प्रकाशित मिति : श्रावण २५, २०७९ बुधबार  ८ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]