चैत्र १६, २०८० शुक्रबार

मोटरसाइकलमा काठ तस्करी

बिर्तामोड । झापामा प्रहरीले अवैध काठसहित तीन वटा मोटरसाइलक नियन्त्रणमा लिएको छ । मोटरसाइकलमा काठ राखेर तस्करी गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । तस्करीमा संलग्नहरुलाई भने प्रहरीले नियन्त्रणमा लिन सकेन ।

आइतवार दमक प्रहरीले राती ११ बजे दमक –३ बेलडागी स्थित प्र.१–०१–०१५ प.६४१, को.३१ प.८२२२ र मे.९ प.९८४९ नं.को मोटरसाईकलमा सिसौं जातको ३ थान गोलिया अन्दाजी २६.०३ क्यु फिट लोड गरी लैजादै गर्दा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले भेटेको थियो । प्रहरीलाई देख्नासाथ तस्करीमा संलग्नहरु मोटरसाइकल र गोलिया छोडेर भागेको झापा प्रहरीको भनाई छ ।

उक्त काठ बरामद गरी आवश्यक कारवाहीका लागि आज इलाका वन कार्यालय बेलडाँगी दमकमा बुझाईएको र मोटरसाईकलहरु इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान शुरु गरिएको झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

प्रकाशित मिति : श्रावण ३०, २०७९ सोमबार  ८ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]