चैत्र १६, २०८० शुक्रबार

अध्यक्ष ओलीको दोस्रो दिन : चुलाचुलीदेखि स्कूलचौन सम्म

झापा- तीन दिनका लागि झापामा रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज शुक्रबार पनि विभिन्न कार्यक्रममा व्यस्त रहनुहुनेछ । आज इलामको चुलाचुलीबाट अध्यक्ष ओलीको दौडधूप सुरु हुनेछ । चुलाचुलीमा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले अन्य पार्टी परित्याग गरी ठूलो संख्यामा कार्यकर्ताहरुलाई एमाले प्रवेश गराउनुहुनेछ ।

दिउँसो १ बजे एमाले निकट मजदुरहरुको दमक नगर सम्मेलन उद्घाटन तथा भेटघाट कार्यक्रममा उहाँ सहभागी हुनुहुनेछ । अपरान्ह ३:३० बजे गौरादह ५ स्थित स्कुलचौनमा आयोजना हुने पार्टी प्रवेश तथा जनसंगठनहरुको भेटघाटमा अध्यक्ष ओली सहभागी हुनुहुनेछ ।

साँझ ५ बजे पार्टी निकट नेपाल उद्योग तथा व्यावसाय महासंघले आयोजना गर्ने भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओली सहभागी हुनुहुने उहाँका सांसद प्रतिनिधि एवं प्रदेश कमिटी सदस्य होमबहादुर थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : भाद्र ३, २०७९ शुक्रबार  ८ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]