बैशाख ३१, २०८१ सोमबार

सत्ता र शक्तिवाललाई बलियो प्रश्न गरौ : गाउँले

काँकरभिट्टा । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँलेले पत्रकारले सत्ता र शक्तिमा भएकालाई बलियो गरी प्रश्न सोध्न सक्नुपर्ने बताएका छन् ।
उनले झापाको काँकरभिट्टामा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित प्रभातफेरिमा शुभकामना दिदैं पत्रकारले निष्ठापूर्ण पत्रकारिता गर्न, सत्ता र शक्तिमा भएकालाई बलियो प्रश्न गर्न प्रेरणा मिलोस भन्दै शुभकामना दिए ।
उनले सरकारले ल्याएका प्रेस सम्बन्धि कानुनमा पत्रकारिता नै असंभव बनाउने गरी ल्याइएको बताउँदै सच्याउन खवरदारी समेत गनुपर्ने बताए । सार्वजनिक जीवन धारण गरेका व्यक्तिसँग सूचना माग्न अनुमति लिनुपर्ने, समाचारको मुल्याङकन प्रहरीले गर्ने र विज्ञापनका सन्दर्भमा मिडिया सञ्चालकलाई जेल पठाउने कानुनको विरोध गर्दै आएको गाउँलेको भनाई छ । उनले पत्रकारले गल्ति गर्दा संसारको अभ्यास अनुसार प्रेस काउन्सिल र न्यायलयले मात्र बुझ्न पाउने व्यवस्था राम्रो हुने बताए ।


इन्टरनेटको युगमा अल्छे पत्रकारको दिन सकिएको बताउँदै उनले पत्रकारलाई गोरेटो बदल्न आग्रह समेत गरेका छन् । कुम जोडिएकालाई प्रश्न गर्न नसक्ने र युग सुहाउँदो पत्रकारिता नगर्ने ब्यक्ति पत्रकार नरहने बताए । कार्यक्रममा नागरिक अगुवा रामचन्द्र उप्रेती, अग्रज पत्रकार चन्द्र भण्डारी, मेचीनगर ६ का वडाध्यक्ष ललित तामाङ र पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले प्रेस स्वतन्त्रा दिवसको अवसरमा शुभकामना दिएका छन् । प्रभातफेरि पत्रकार महासंघ झापा र नारी सञ्चार गृहले आयोजना गरेको हो ।

प्रकाशित मिति : बैशाख २०, २०७६ शुक्रबार  १० : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]