बैशाख २३, २०८१ आईतबार

झापाका खेल मैदानको निरीक्षण

झापा । प्रदेश खेलकुद बिकास बोर्ड प्रदेश नम्बर १ का सदस्य सचिव हंसराज वाग्लेले प्राबिधिक टोलि सहित झापाका विभिन्न खेलमैदानको अबलोकन तथा निरीक्षण गरेका छन् ।

बोर्डका सदस्य शैलेस कुमार बिस्ट, प्रदीप भगत, क्षेत्रीय खेलकुद बिकास समितिकि निर्देसक उषा कर्ण र कार्यलय प्रमुख चन्डिका बास्तोलाको टोलीले झापा जिल्लाका विभिन्न खेल मैदानको अवस्था र आसन्न नबौ राष्ट्रिय खेलकुद छनौट प्रतियोगिता आयोजना गर्न सक्ने सम्भावना बारे अध्यन गर्न निरीक्षण गरेको हो ।

खेलकुद बिकास बोर्डको टोलीले झापाको चन्द्रगडीमा रहेको मेची रंगशाला, सोहि रंगशालासँग रहेको कभर्डहलको निरीक्षण गरेको छ । निरीक्षणकै क्रममा झापा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, उपाध्यक्ष गंगा भुर्तेल, सचिवालयका दुर्गा निरौला, तथा सदस्य जगन कार्कीसहितका पदाधिकारीले जिल्लाको खेलकुद गतिविधिका बारेमा बोर्डका पदाधिकारीलाई जानकारी गराएका थिए भने झापा जिल्लामा आफुहरुले गराउन सक्ने खेलकुद प्रतियोगिताको बारेमा समेत ध्यानाकर्षण गराएका थिए ।

मेची रंगशालाको कभर्डहलमा उसु, कबड्डि, साथै खो खो खेलको प्रदर्शनी गरी बोर्डको सदस्यहरुको टोलीलाई देखाइएको थियो ।
खेलाडीको उच्च सम्मान गर्दै प्रदेश खेलकुद बोर्डका सदस्य सचिब हंसराज वाग्लेले बोर्डले खेलाडीको हितमा काम गरिरहेको बताउदै प्रदेशको लागि मेडल ल्याउने खेलाडीलाई राम्रो पुरस्कार सहित सम्मान गर्ने बताए ।

खेलकुद बिकाश बोर्डको टोलीले झापा जिल्लाको मेचीनगर नगरपालिकामा रहेको मेची सामुदायिक भवनको समेत निरीक्षण गरेको छ । यसै गरि काँकडभिट्टाको खेलमैदानमा क्रिकेट खेलको समेत निरीक्षण गरेको छ भने त्यहाँ क्रिकेट खेलिरहेका खेलाडीहरुलाई समेत सदस्य सचिबले सम्बोधन गरेका छन् । क्रिकेट खेलाडीलाई सम्बोधन गर्दै सदस्य सचिब वाग्लेले क्रिकेटमा अग्रणी भुमिका खेलेको झापाले प्रदेशको लागि मेडल ल्याउने आशा ब्यक्त गरे ।

प्रकाशित मिति : भाद्र ५, २०७९ आईतबार  ६ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]