बैशाख १६, २०८१ आईतबार

नेपाली राजनीतिको एक सिंहावलोकन र निकास

बद्री भट्टराई
२०७२ असोज ३ गते संविधान सभाबाट नेपालको नयाँ संविधान जारी भयो । यो संविधान लोकतान्त्रिक र समाजवाद उन्मुख राजनीतिक, सामाजिक र आर्थिक जगलाई बलियो बनाउदै अगाडि बढाउन सहयोगी र त्रिपक्षीय सम्झौताको दस्तावेज बन्यो । मूलुकको मूल कानून बन्यो । जनआन्दोलन अव संविधान जारी भइसकेपछि शान्तिपूर्ण जनक्रान्तिमा रुपान्तरित भयो । जन आन्दोलनको अग्रदस्ताको रुपमा रहेको नेकपा एमाले र नेपाली कांग्रेस जस्ता ऐतिहासिक पृष्ठभूमि बोकेको दल र अन्य साना तत्कालीन संसदवादी दलहरु स्वभाविक रुपमा नयाँ सविंधान जारी भए पछि पनि सोही हिसावले क्रियाशिल हुने नै भए ।

तत्कालिन सशस्त्र संघर्ष गर्दै आएको प्रतिवन्धित दल संसद पुनस्र्थापना र उसको अन्तरिम संसदमा गहकिलो उपस्थितिसँगै सारतः नेकपा माओवादी पनि संसदवादी दलमा परिणत भयो । राजाको भूमिकालाई टेवा पुर्याउदै आइरहेको राजावादी पार्टी रा.प्र.पा. समेत नयाँ संविधानको मर्म र भावना अनुरुप रुपान्तरित हुन खोज्दै राजनीतिको मूल धारमा सिफ्ट भए ।

दोस्रो जनआन्दोलन सम्पन्न भए पश्चात उदय भएका मधेशवादी दलहरु समेत नयाँ संविधानको भावना अनुरुप क्रियाशिल रहे । नेपाल एकात्मक शासन व्यवस्थाबाट संघात्मक सासन व्यवस्थामा परिणत भयो । एकल हिन्दु अधिराज्यबाट लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा परिणत भयो । एकल हिन्दु अधिराज्यबाट धर्म निरपेक्ष राज्यका रुपमा परिणत भयो । सामन्तवाद, दलाल पुँजीवादी अर्थ व्यवस्थाबाट राष्ट्रिय पुँजी निर्माण गर्दै समाजवाट उन्मुख अर्थ व्यवस्था अंगिकार गर्ने उत्पादन सम्बन्धको विकास गर्ने प्रवेशद्धारको रुपमा परिणत भयो । सवै खाले विभेदको अन्त्य गर्दै आर्थिक सामाजिक रुपान्तरणको आधुनिक युगमा नेपाल प्रवेश गर्याे ।

मुलुकको पछिल्लो संविधान जारी हुनु अगावै २०४६ साल पछि राजतन्त्र सहितको सिमित लोकतन्त्रको अभ्यासको क्रममा राजनीतिक दलहरु खास गरि ने.क.पा. एमाले र नेपाली कांग्रेस अनि तिनका नेताहरु सुरुसुरुमा दुई अतिवादी शतिmबाट प्रताडित र तानातान हानाहानको चपेटामा परे । एकातिर ०४६ को संयुतm जनआन्दोलनका सहयात्रीहरु एक अर्कामा अस्वस्थ्य प्रतिस्पर्धा गरिरहेर हायल कायल भईरहेको सन्दर्भमा जनता र राष्ट्र प्रति इमान्दार नेकपा एमालेको शतिm दिनप्रतिदिन बलियो बन्दै जानु वैदेशिक शतिm र स्वयम मुलुक भित्रका राजावादी शतिm चिन्तित भैरहेको बेला शिवजीको जट्टावाट फुत्त कालभैरव निस्के जस्तो नेपाली राजनीतिमा नेकपा माओवादी निस्किए पछि मुलुकको हविगतको समिक्षा गर्दै त्यो राजनीतिक तरलतालाई समाप्त गर्ने हेतुले २०७४ को आम निर्वाचनमा वाम राष्ट्रवादी गठबन्धन वन्यो । निर्वाचनमा अपेक्षित परिणाम अए पनि कुनै एक दलको एकल बहुमत संवैधानीक व्यवस्थाका कारण आउन सकेन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ०७२ को संविधान अनुरुपको पहिलो निर्वाचनवाट मुलुकको ऐतिहासिक सरकार बन्यो । पूर्णरुपमा राजनीतिक कार्यदिशाका साथ गठन भएको यो सरकारले अनेकौ अवरोध र अफ्ठ्याराका वाबजुद इच्छाशक्ति साथ अहोरात्र काम गर्याे । राष्ट्रियता र लोकतन्त्रप्रति प्रतिबद्ध यो सरकारका कारण विदेशी प्रतिक्रियावादी शक्तिहरु नेपालकै दोस्रो ठूलो दल नेपाली कांग्रेस र स्वयम नेकपा तथा तत्कालिन नेकपा एमाले भित्रका जनविरोधी, राष्ट्रविरोधी तत्वहरुको नीद हराम भयो ।

नेकपा एमाले र यसका नेता केपी शर्मा ओली एकछत्र लोकप्रिय बन्दै गए । ५ वर्षकालागि जनताले निर्वाचित गरेको संस्था प्रति देशी विदेशी प्रतिक्रियावादीहरुले धावा वोल्न थाले । स्वयम नेकपा भित्रै आफ्नै दलको नेता, पार्टी अध्यक्ष र प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता प्रमुख प्रतिपक्षी सहितले गर्ने दुस्प्रयास गरियो । प्रधानमन्त्रीको विशेष अधिकारको प्रयोग गरि प्रतिनिधि सभा विघटन गरियो । भन्नलाई स्वतन्त्र न्यायपालिका भन्ने गरिएको भएपनि सर्वाेच्च अदालत प्रतिक्रियावादीहरुको हेडक्वाटर बन्न पुग्यो । संसद पुर्नस्थापना भयो । पुर्नस्थापित प्रतिनिधी सभाले आफ्नो दल र प्रमुख प्रतिपक्षी दलका संसदहरुको अविश्वासको प्रस्ताव माथि घिनलाग्दो अभ्यासका कारण जनताको लोकप्रिय सरकार एकाएक ढल्यो । सरकार मात्र ढलेन संविधानको मर्म भावना र जनाधिकार ढल्यो । मुल्य मान्यता ढल्यो । लोकतान्त्रिक मर्म र आचरण ढल्यो । साँचो अर्थमा मुलुक पश्चगामी गोलचक्करमा फस्यो । राजनीतिक अस्थिरता भयानय प्रतिगमनको दिशातर्फ धकेलियो ।
०४६,०६२ र ०६३ का दुवै जनआन्दोलनहरुमा निरंकुस राजतन्त्रका विरुद्ध नेकपा एमाले र नेपाली कांग्रेस जस्ता पार्टीहरुको नेतृत्वमा सम्पन्न भए । नेकपा एमाले लोकतन्त्र र प्रगतिशिल राष्ट्रवादमा विश्वास गर्ने राजनीतिक पार्टी भएकोले जन आन्दोलनमा नेपाली कांग्रेस संग सहकार्य गर्नै पर्ने थियो र भयो । नेकपा माओवादी पार्टी दुवै मूल्य मान्यतावाट च्युत देखियो । अन्य वाम पार्टीहरु कार्यदिशा विहिन कुहिरो भित्रको काग जस्तै भौतारिरहेका छन् । मधेशवादी दलहरुको पृष्ठभूमी दुवै मूल्य मान्यताहरुमा अममलमै रहे । राप्रपा जस्ता पार्टीहरु लोकतन्त्रविरोधी, राजावादी पार्टीका रुपमा चिरपरिचित छ ।

यसरि हेर्दा लोकतन्त्र प्राप्त गर्न, संस्थागत गर्न र अगाडि बढाउन नेकपा एमालेले आज समय समयमा नेपाली कांग्रेस संग सहकार्य गर्दै आएको छ । नेपाली कांग्रेसको पछिल्लो देउवा नेतृत्व लोकतन्त्र, राष्टियताका सन्दर्भमा उदाशिन मात्र रहेन प्रतिगमन र विदेशीहरुका सामु लम्पसार गर्ने र षड्यन्त्र, जालझेल र पूर्णतया विदेशी शक्तिको आड लिएर लोकतन्त्र, राष्ट्रियता जस्ता संवेदनशिल सवालमा प्रति क्रान्तिको खलनायक बन्दै गइरहेको छ ।

देउवा कांग्रेस अव नत लोकतान्त्रिको रक्षक बन्न सक्छ नत राष्ट्रियताको पहरेदार बन्न सक्छ । सिर्फ विदेशी कठपुतली बन्दै लेण्डुप दोर्जे मार्गमा यात्रा गरिरहेको विदेशीहरुको भाडाको टट्टु बन्दै गइरहेको छ । त्यसै गरी सत्ता गठबन्धनका सवै दलहरु देउवा कांग्रेसको तलुवा चाट्दै हिड्ने मालिक छेउमा आउँदा कुई कुई गर्दै लिडे पुच्छर हल्लाउने खिचा भैरवमा मात्र सिमित भएकाछन् । मालिकले दिए खाने नदिए क्वाइ क्वाइ गर्दै दश चक्कर लगाउने थचक्क बस्ने जनावर बन्दै गइरहेकाछन् । के को राष्ट्रियता के को लोकतन्त्र के को जनता, विकास र जनजीविका कुनै मतलव छैन् ?

चरम राजनीतिक अस्थिरता सृजना गरी विदेशी प्रभुहरुको सदिक्षा पूरा गर्ने क्रममा बर्तमान अप्राकृतिक गठवन्धन क्रियाशिल छ । ०७९ को स्थानिय निर्वाचनमा प्रमुख प्रतिपक्षका विरुद्ध यत्तिका सत्ता पक्षीय दलहरुले गठवन्धन गर्नु आफु वलियो भएर र आफ्नो पार्टी जनताको भरोसायोग्य पार्टी नभएको प्रमाणित गर्दैन र ?जनता माथिको विश्वास घट्दै गएको निष्कर्ष होइन र ? सत्ता पक्षले प्रमुख प्रतिपक्षका विरुद्ध गठवन्धन गरेको विश्वमै पहिलो घटना होला यो । खयर नेपाली राजनीतिमा जानेर नजानेर राजनीतिक ध्रुविकरण सुरु भएको छ । सिद्धान्त, विचार व्यवहार र आदर्श मिलेपनि नमिले पनि टालटुले ध्रुविकरण सुरु भएको छ । सिद्धान्त विचार, व्यवहार र आदर्श नमिलेपनि टालटुले ध्रुविकरण आजको आवश्यकता होइन । राष्ट्रियता र लोकतन्त्रलाई शीरमा राखेर जनताको कसम खाएसर दिगो रुपमा गरिने ध्रुविकरण आजको आवश्यकता हो ।

यसरी हेर्दा राष्ट्र, राष्ट्रियता सार्वभौम सत्ता अखण्डता र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गरिने गठवन्धनको सवैले स्वगत गर्न सक्नुपर्दछ । ध्रुविकरण यिनै मूल्यमान्यतको रक्षा र त्यको विरुद्धमा हुन्छ नैै । कुनै पनि गठवन्धन गर्ने शक्तिहरुले सैद्धान्तिक रुपमा माथि उल्लेखीत आदर्शको खिलापमा गठवन्धन गरिएको हो भन्दै भनिदैन् । हो कि होइन भनेर छुट्याउन उसको व्यवहारलाई कसी लगाउने हो भने दुधको दुध पानीको पानी छुट्याउन कुनै समय पर्खिरहनु पनि पर्दैन् । आजको सत्ता गठबन्धन माथिका सवै मुल्य मान्यतावाट च्युत भैसकेको छ । भविष्यमा पनि यस गठबन्धनले निरन्तरताकालागि राष्ट्रियता र लोकतन्त्रकालागि भागवण्डा खतरा हुनेछ र मुलुक सिक्कीमिकरण र फिजिकरण हुने क्रम जारी रहन्छ । यसलाई अविलम्ब रोक्नु आज सवै राष्ट्रप्रेमी र लोकतन्त्र प्रेमीहरुको मूल दायित्व बनेको छ । आगामी संघ र प्रदेशको निर्वाचनमा यो गठबन्धनको विरुद्ध उभिन सक्ने र रोक्न सक्ने एक मात्र शक्ति नेकपा एमाले हो ।

नेकपा एमालेको शक्ति वलियो भएकै कारण यसका विरुद्ध गठबन्धन गरिरहेको हो । यसरी हेर्दा आज मुलुक राष्ट्रवाद, लोकतन्त्र, जनजीविका र तिव्र विकासका पक्षधर र विरोधी शक्तिका रुपमा तिव्र ध्रुविकृत हुँदै गइरहेको छ । यसको पक्षमा नेकपा एमाले र विरुद्धमा नेपाली कांग्रेसले नेतृत्व गरिरहेका छन् । अव नेकपा एमाले वा नेपाली कांग्रेस सहितको गठवन्धन कस्लाई रोज्ने हो ? सवाल गम्भीर बनेको छ ।

कुनै पनि दल विशेषको नेता नेतृत्वले माथि उठेका सवाल मध्ये जुन विषयको नेतृत्व गरेको भए पनि आम रुपमा त्यसलाई त्यसरी नै बुझ्नु गलत हुनेछ । कम्युनिष्टहरु राष्ट्रियताको सवालमा वढी संवेदनशिल हुँदा हुँदै पनि नेकपा माओवादी केन्द्रको नेतृत्व, हिजोको एमाले आजका समाजवादीहरु राष्ट्रियताको सवालमा विदेशीहरु संग लम्पसार परिसके । नेपाली कांग्रेस भित्रको देउवा पक्ष राष्ट्रियताको र लोकतन्त्रका सन्दर्भमा विदेशीको कठपुतलि बनी सक्यो ।

यस्तो गम्भिर परिस्थितीमा वर्तमान गठवन्धनका विरुद्ध नेकपा एमाले नेपाली कांग्रेस भित्रको राष्ट्रवादी लोकतन्त्रवादी धारका नेता कार्यकर्ता, अन्य कम्युनिष्ट पार्टी र त्यसभित्रका कार्यकर्ताहरु अन्य कुराहरु थाति राख्दै राष्टट गम्भिर राष्ट्रीयता माथिको खतरालाई परास्त गर्ने मूल्य मान्यतामा राप्रपा लगाएतका स्वतन्त्र नागरिक समाज समेत को वृहत वाम लोकतान्त्रीक, राष्ट्रवादी हरुको मोर्चा अपरिहार्य छ । मुलुक यस्तो संकटको भुमरीमा फस्ने फसाउने षडयन्त्रलाई रोक्न र परास्त गर्न सकोस । यसरी हाम्रोे सामु सुस्पष्ट राजनीतिक परिस्थिति देख्दा देख्दै, भोग्दा भोग्दै आज का्रग्रेस, माओवादी र अन्य पार्टी भित्र लुकेर बसीरहेको इमान्दार शक्ति तत्काल चैघेराका पर्खालहरु भत्काउदै किन बाहिर आउन नसक्ने विद्रोह गर्न किन नसक्ने ? राष्ट्र र लोकतन्त्र भन्दा ठूलो तिनीहरुको पार्टी हुन सक्दैन, त्यसैले हिम्मत गर्नुस ढीला नगरी निर्णय गर्नुस र मुलुक, जनता र लोकतन्त्रको रक्षा सम्वर्धन र विकासका लागि कसिलो मोर्चा बन्दी गरौं ।
जय नेपाल !
लाल सलाम !

प्रकाशित मिति : भाद्र ९, २०७९ बिहीबार  १० : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]