बालेनको एक्सन
सम्पादकीय
काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन अभियान थालेका छन् । उनले अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन आक्रामक रुपमा प्रस्तुत भएका छन् । उनले अभियानको चौतर्फी प्रशंसा पाइरहेका छन् । त्यति मात्र होइन, बालेनले जनप्रतिनिधिको महसुस गराएको प्रतिक्रियाहरु आइरहेका छन् । बालेन र धरानका मेयर हर्क साम्पाङ अहिले जनप्रतिनिधिहरुमध्ये चर्चामा रहेका पात्र हुन् ।
काठमाडौंमा बालेनले थालेको अभियान सकारात्मक छ । नक्सा अनुसारका संरचना बाहेक अन्य संरचना निर्माण गर्न नहुने र निर्माण गरिएको भए हटाउने अभियान महानगरले थालेको छ । वास्तवमा सार्वजनिक ठाउँमा कसैले पनि निजी संरचना बनाउन पाइदैन । व्यापारीहरुले आफ्नो व्यवसाय विस्तारका लागि जथाभावी संरचना निर्माण गरेका छन् । यसैले ठाउँ खाली गर्नैपर्ने थियो, गर्नैपर्छ । अब, काठमाडौं विगतमा जस्तो अव्यवस्थित हुने छैन ।
झापाको बिर्तामोडका पनि अव्यवस्थित टहरा हटाउने अभियान नगरले सञ्चालन गर्यो । अहिले सडक आसपासमा रहेका फुटपाथ व्यवसाय हटेका छन् । वर्षौदेखि बस्दै आएका उनीहरुलाई नगरले व्यवस्थित भएर बस्न आग्रह गरेको थियो । त्यसका लागि सर्वदलीय सहमतिबाटै निर्णय भयो । तर, वैद्य माओवादीहरुले उचालेर केहि दिन व्यवसायी आन्दोलिन नै भए । अहिले उनीहरु व्यवस्थापनमै लागि रहेका छन् । केहि व्यवसायी अझै पनि सडक मै बस्ने ढिट गरिरहेको व्यवस्थापनमा लागेका अन्य फुटपाथका व्यवसायीले बताइरहेका छन् । त्यस्ता व्यापारीलाई कारवाही गरेर व्यवस्थापन गर्न लगाउनैपर्छ ।