बैशाख २३, २०८१ आईतबार

झापाबाट कराते, तेक्वान्दो, जिम्न्याष्टिक, जुडो, आर्चरीका खेलाडी छनोट

रोहित काफ्ले
भद्रपुर । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा जिल्लाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा जारी प्रतियोगिताबाट शुक्रबार पनि विभिन्न खेलहरुका खेलाडी छनोट भएका छन् ।
आयोजक जिल्ला खेलकुद विकास समितिका अनुसार शुक्रबारसम्ममा लगभग सबै खेलको नतिजा आइसकेको छ । केही प्राविधिक कारणले केही खेलका विवरण अद्यावधिक गर्न बाँकी रहेको आयोजकले जनाएको छ ।

शुक्रबार करातेअन्तर्गत कुमुतेतर्फका खेलाडी छनोट भएका छन् । करोतक खेल वंयोजक तथा प्रशिक्षक कालु मेचेका अनुसार पुरुषतर्फ युनिष आङदेम्बे, अरुणकुमार लिम्बू, सन्देशमगर, सन्दीप श्रेष्ठ, विक्रम मेचे, सुमन चिमरिया र लक्ष्मण विश्वकर्मा छनोट भएका छन् भने महिलातर्फ सुविक्षा राई, लीला श्रेष्ठ मथुरादेवी तामाङ सारु मगर, अस्मिता कार्की, मेनुका मगर र एलिजा घिमिरे छनोट भएका छन् ।

यस्तै, तेक्वान्दोमा सिंगल पुम्सेमा पुरुषतर्फ मौषम आचार्य र महिलातर्फ शिवानी वानियाँ, डबल पुम्सेमा विवेक गिरी र शिवानी बानियाँ, समुह पुम्सेमा शिवानी बानियाँ, विवेक गिरी र भविनचन्द आचार्य छनोट भएका छन् । ग्यारिगी पुरुषतर्फ नितेशकुमार चम्लागाईं, एलिश ठकुरी, सिजन बुढाथोकी, अरुण डाँगी र श्याम धिमाल तथा महिलातर्फ अनुज्ञा सापकोटा, वर्षा दर्नाल, अनिशा शर्मा, जेसिका विश्वकर्मा र शविना लिम्बू चयन भएको प्रशिक्षक जितेन्द्र मेचेले जानकारी दिनुभयो ।
यसैगरी। आर्चरीको रिकर्भ ३० मिटरमा पुरुषतर्फ साजन सुब्बा, वेदन राई, सञ्जय राई, मोहन मर्डी र जेम्क्स श्रेष्ठ छनोट भएका छन् भने महिलातर्फ योगिता काम्बाङ, गंगा तुम्बापो, ममता राई, स्मृति उप्रेती जयेश श्रेष्ठ छनोट भएको आर्चरीका कोच गंगाा खड्काले जानकारी दिनुभयो ।

शुक्रबार सञ्चालन गरिएका खेलहरुको शुभारम्भ झापा जिल्ला खेलकुद समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ र उपाध्यक्ष गंगाा कोइरालाले संयुक्त रुपमा गर्नुभएको थियो । अध्यक्ष भण्डारीले सीमित साधन–स्रोतका वावजुत पनि जिल्लास्तरीय छनोट प्रतियोगिता निकै मेहनतका साथ व्यवस्थित ढंगले सञ्चालन गरिएको हुँदा समितिले ुखेलाडीबाट प्रदेशस्तरीय प्रतियोगितामा उत्कृष्ट नतिजा निकाल्ने अपेक्षा गरेको बताउनु भएको थियो ।
छनोटमा परेका खेलाडीलाई एक कार्यक्रमका बीच प्रमाणपत्र र जर्सी वितरण गरिने र प्रदेश प्रतियोगितामा पठाइने समितिका प्रवक्ता जगन दुर्वासा कार्कीले जानकारी दिनु भयो ।

फुटबलतर्फ पुरुष टिममा देवान भुजेल र विकल्प पौडेल गोलकिप्परका रुपमा छनोट भएका छन् भने फरवार्डमा प्रदीप बुढाथोकी, अभिषेक श्रेष्ठ, समुएल तामाङ र शान्तिराम वस्नेत, मिडफिल्डरमा मिलन राई, सौगात गोम्देन, सुरज नेम्बाङ र जेम्स लिम्बू तथा डिफेन्समा विकास राई, प्रमोद चौधरी, दिनेश मुर्मु, दिवस उराउ, कृष्ण गिरी र पेमा तामाङ छनोट भएको फुटबलका संयोजक भगिरथ आलेले जानकारी दिनु भयो । महिलातर्फ गोलकिप्परमा रञ्जु राजवंशी र जसोधा लावती, फवार्डमा ममता राउत, लक्ष्मी श्रेष्ठ, रोशिका राय, मिडफिल्डरमा गंगामाया राई, सञ्जना राई, मुना भुजेल र सकुन्तला राई तथा डिफेन्समा छत्रिका चौधरी, सुस्मिता चौधरी, ईश्वरी राई, शिवानी भुजेल, सरस्वती दाहाल र वर्षा मगर छनोट भएका छन् ।
बास्केटबलअन्तर्गत महिलातर्फ उपासना क्षेत्री, विपासना बजगाईं, निष्मा कार्की, सुष्मा दाहाल, सपना मावो, प्रतिमा घिमिरे, आशा गुरुङ, ओशिन तामाङ, सोनिया कन्दङ्वा, इन्दू लिम्बू, पूनम लिम्बू र मेनुका भुजेल छनोट भएका छन् भने पुरुषतर्फ प्रतिक गोम्देन, सौगात विश्वकर्मा, उत्सव राजभण्डारी, लवकुमार गजमेर, नियारा लिम्बू, रोनल शाक्य, सुदान्सु लिम्बू, नइनम लिम्बू, किशोर कन्दङ्वा, निमा दोर्जे मोक्तान, रोशित श्रेष्ठ, रोदन गुरुङ। सुरजकुमार मैनाली, सरन्द नयौपाने, मौसम विश्वकर्मा, शम्शेर हाङ लिम्बू, सन्दीप लुइँटेल र नुनम कन्दङ्वा छनोट भएको प्रशिक्षक प्रकाश लिङदेनले जानकारी दिनु भयो ।
ब्याडमिन्टनतर्फ पुरुषमा नविन सिलवाल, चाणक्य पाठक, जुनुन राई, नितेश न्यौपाने र सविन अधिकारी छनोट भएका छन् भने महिलामा दिलकुमारी सुब्बा र जसमाया राई चयन भएको खेल संयोजक हरिप्रसाद तिम्सिनाले जानकारी दिनु भयो ।
पौडीमा पुरुषतर्फ सुरेश राजवंशी, प्रारम्भ भण्डारी र जीगडेल लामा तथा महिलातर्फ परिधि भण्डारी र युडेन तामाङ छनोट भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव विष्णुकुमार नेम्बाकङले जानकारी दिनु भयो ।
त्यसैगरी, सेपाक्ताक्रो खेलका लागि पुरुषतर्फ गंगाबहादुर राजवंशी, सुशिल विक, कुशल मण्डल, दीपु राजवंशी र रञ्जित राजवंशी छनोट भएका छन् भने महिलातर्फ दिपिका वस्नेत, निलम राई, रीता लिम्बू, लुङमा इधिंगो र सिना इधिंगो छनोट भएको प्रशिक्षक अर्जुन लम्सालले जानकारी दिनुभयो ।

तेक्वान्दोमा पुरुषतर्फ आइतराज लिम्बू, मनिष रुेष्ठ, विक्रम श्रेष्ठ, श्याम राई, मिसन श्रेष्ठ, सौरभ मोदक, रोशन मगर, सन्देश दर्जी र दिवस मगर तथा पुरुष प्याटर्नतर्फ अनमोल लिम्बू, सक्षम आचार्य, अभिषेक राई र मिसन श्रेष्ठ छनोटमा परेका छन् भने महिलातर्फ प्रतिमा धिमाल, दिव्या राई, मुवि राई, निशा ताजपुरिया, पार्वती राजवंशी र आइसा तामाङ तथा महिला प्याटर्नतर्फ सेन्कु तामाङ, बन्दना श्रेष्ठ, जानुकार तामाङ र पार्वती राजवंशी छनोटमा परेको समितिका प्रवक्ता जगन दुर्वासा कार्कीले जानकारी दिनु भयो ।

यसैगरी, ब्याडमिन्टनका लागि पुरुषतर्फ निशान खड्का, देउकुमार तामाङ, संगम मगर सौगात मैनाली र सुलभ राई तथा महिलातर्फ सारिका राई छनोटमा परेको कोच प्रकाश राईले जानकारी दिनुभयो ।

बिहीबार विहान खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारीले शुभारम्भ गर्नुभएको करोतेको कातातर्फ पुरुषमा एलन लामा र महिलामा लीला श्रेष्ठ छनोट भइसकेका छन् भने कुमुतेतर्फको खेलहरु जारी रहेको प्रशिक्षककालु मेचेले जानकारी दिनु भयो । शुक्रबारसम्म सञ्चालन हुने छनोट प्रतियोगिताका सबै २७ खेलको नतिजा अपरान्हसम्म आइसक्ने र सबै नतिजा आएपछि समापन गरिने समितिकी उपाध्यक्ष गंगा कोइरालाले जानकारी दिनु भयो ।

प्रकाशित मिति : भाद्र १०, २०७९ शुक्रबार  ८ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]