बैशाख २३, २०८१ आईतबार

तेस्रो टी–ट्वान्टी अन्तरराष्ट्रिय खेलमा नेपालको जीत

बिर्तामोड । केन्याविरुद्धको तेस्रो टी–ट्वान्टी अन्तरराष्ट्रिय खेलमा नेपाल विजयी भएको छ । केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा आइतवार भएको खेलमा नेपालले केन्यालाई चार विकेटले हराएको हो ।

केन्याले दिएको एक सय ५७ रनको लक्ष्य नेपालले १९ दशमलव तीन ओभरमा छ विकेट गुमाएर एक सय ६० रन बनाएर पूरा ग¥यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान दिए । यस्तै डेब्यु खेलाडी अर्जुन साउदले ३५ रन बनाए ।
रोहित पौडेल २९ रनमा आउट हुँदा पवन सर्राफले २० रन बनाए । आदील अन्सारीले १६ रन जोड्दा दीपेन्द्र सिंह ऐरी छ रनमा आउट भए । आरिफ शेख चार रनमा अविजित रहँदा करण केसी शून्य रनमा अविजित रहे । केन्याका भिराज पटेल र युगिनी ओचिङले दुई÷दुई विकेट लिए भने इमान्युएल बुन्डी र कोलिन्स ओबुयाले एक-एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा दुई विकेट गुमाएर एक सय ५६ रन बनाएको थियो ।

केन्याका लागि रकिप पटेल र इरफान करिमले अर्धशतकीय इनिङ खेले । पटेलले अविजित रहँदै ७३ रन बनाए । यस्तै ४७ बलमा चार चौका र दुई छक्का प्रहार गरेका करिम ५५ रनमा अविजित रहे । कोलिन्स ओबुयाले १८ रन जोड्दा सुखदीप सिंहले आठ रन जोडे । नेपालका लागि सोमपाल कामी र आदील अन्सारीले एक-एक विकेट लिए ।

यस जितसँगै पाँच खेलको सिरिजमा नेपालले २–१ को अग्रता बनाएको छ । यसअघिको पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले हराएको थियो । दोस्रो खेलमा भने केन्याले नेपाललाई १८ रनले हराएको थियो । अब नेपाल र केन्याबीच चौथो टी–ट्वान्टी खेल सोमबार हुनेछ ।

प्रकाशित मिति : भाद्र १२, २०७९ आईतबार  ८ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]