बैशाख १३, २०८१ बिहीबार

शिवसताक्षी वडा नं. ४ को १०० दिन

शिवसताक्षी । शिवसताक्षीका जनप्रतिनिधिले कार्यभार सम्हालेको सय दिन पुरा भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ४ ले सय दिनमा जनमुखी काम गरेको पाइएको छ ।

वडाध्यक्षमा निर्वाचित भएपछि वडाध्यक्ष विष्णु प्रसाईले वडा भित्रका विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमा गरिदिने पहिलो बैठकबाट नै निर्णय गराएका थिए । वडाले हाल वडा भित्र सञ्चालन भएको स्वास्थ्य चौकीमा विपन्न परिवारलाई निशुल्क उपचार गराउँदै आएको छ ।

वर्खाको समय भएपनि पानीको निकासका लागि २२ वटा ह्यूम पाइप लगाएको वडा कार्यालयले जनाएको छ । वडाले वडाबासीको स्वास्थ्यलाई विशेष ध्यान दिएर काम गरिरहेको वडाध्यक्ष प्रसाईले बताए । मैले वडाका विपन्न परिवारको स्वास्थ्य उपचारलाई विशेष ध्यान दिएको छु । उनले भने, पहिलो कुरा नागरिक स्वस्थ्य रहनु प¥र्यो । वडाका अपाङ्ग ४ जनालाई ह्वील चियर वितरण गरिएका उनले बताए ।

यसका साथै आषाढ महिनामा आएको बाढीबाट विस्तावित बनेका ३६ घर परिवारलाई तीन दिन सम्म खान बस्नको व्यवस्था मिलाई वर्षात रोकिएपछि आ–आफ्नो घर फर्काइएको थियो । वर्षातका कारण बनियानी खोला कटान रोक्न ३१ लाख बराबारको बाँसको पाइलिङ्गको काम समेत भएको वडाध्यक्ष विष्णु प्रसाईले जानकारी दिए ।
त्यसैगरी विपन्न परिवारका छात्रालाई प्राविधिक शिक्षा प्रदान गर्न, क्यान्सर पीडितलाई आर्थिक सहयोग प्रदान गरेको वडा कार्यलयले जनाएको छ ।

वडाको बोलोचक बजारमा सडक बत्तीको व्यवस्था गरिएको, जनता बजारमा बत्तीको व्यवस्था गरिएको छ । बाढीका कारण भत्किएका विभिन्न बाटाहरुलाई ग्राभेल गरी आवत जावत सुचारु गरिएको वडा कार्यालयले जनाएको छ । वडाले नागरिकको काम छिटो र सरितो सम्पन्न गर्न कर्मचारी लगायत वडाका जनप्रतिनिधीहरुलाई कामको बाँडफाँड गरी जिम्मेवारी प्रदान गरेको छ । वडामा भएका विद्यालयहरुको व्यवस्थापन समिति गठन गरी गुणस्तरीय शिक्षा, विद्यालयको चौतर्फी विकासका लागि पहल गरिएको छ । त्यस्तै वडामा भएका पाँच वटा बजारहरुमा पनि बजार व्यवस्थापन समिति गठन गरी बजार विकासका लागि काम सुरु गरिएको छ ।

वडा विकासका लागि नगरपालिका, प्रदेश सरकार र संघीय सरकारलाई बजेट माग गरिएको वडाध्यक्ष प्रसाईले जानकारी दिए । अब पाँच वर्षमा नमुना वडाको रुपमा विकास गर्न कर्मचारी र जनप्रतिनिधिहरु लागि पर्ने उनको भनाई थियो ।

प्रकाशित मिति : भाद्र १३, २०७९ सोमबार  ४ : ५० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]