बैशाख २३, २०८१ आईतबार

नेपाल र केन्या अन्तिम खेलमा भिड्दै

बिर्तामोड । नेपाल केन्याविरुद्धको पाँचौँ तथा अन्तिम टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा अहिले भिडिरहेको छ । नेपालले टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा ब्याटिङ गर्ने क्रममा नेपालले केहीबेर अघिसम्म १४ ओभरमा दुई विकेट गुमाएर एक सय १९ रन बनाएको छ ।

नेपालका लागि अर्जुन साउदले २९ तथा दीपेन्द्रसिंह ऐरीले २२ रनको योगदान दिए । ज्ञानेन्द्र मल्ल अद्र्धशतक बनाउँदै क्रिजमा छन् । उनले ४३ बलमा ५९ रन बनाएका छन् । यस क्रममा मल्लले दुई छक्का र पाँच चौका प्रहार गरेका छन् । मल्ललाई मैदानमा रोहतिकुमार पौडेलले साथ दिइरहेका छन् । उनी चार बल खेल्दै एक चौकासहित आठ रन बनाएर मैदानमा छन् । बलिङतर्फ केन्याका सेम नगोची र विराज पटेलले एक एक विकेट लिएका छन् । जारी सिरिजमा आजको खेल निर्णायक हो । यसअघि सम्पन्न चार खेलमा नेपाल र केन्याले दुई दुई खेल जितेका छन् ।

प्रकाशित मिति : भाद्र १४, २०७९ मंगलबार  ४ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]