बैशाख २५, २०८१ मंगलबार

इन्द्रचन्द्र क्याम्पसका उत्पीडित विधार्थी संगठित

बिर्तामोड । इन्द्रचन्द्र क्याम्पस बिर्तामोडका उत्पीडित विधार्थी संगठित भएका छन् । बुधबार विहान आयोजित उत्पीडित विधार्थीको भेलाले क्याम्पस कमिटी गठन गरेको हो ।

नेपाल राष्ट्रिय उत्पीडित विधार्थी संगठन दलित समुदायको मुक्ति आन्दोलन र विधार्थीहरुको हकअधिकारका लागि स्थापना भएको हो । सोही संगठनको क्याम्पस कमिटी अध्यक्षमा जनम बर्देवा सर्वसम्मत चयन भएका छन् ।

यस्तै, उपाध्यक्षद्वयमा दुश्यन्त विश्वकर्मा, राजु बराईली, सचिवमा अभिषेक रम्तेल, सहसचिवमा राजु दर्नाल, आरोही सेन्च्युरी र कोषाध्यक्षमा दुर्गा बराइली चयन भएका छन् ।

क्याम्पस कमिटीको सदस्यहरुमा गोमा कालिकोटे, योगी गहतराज, काजल बराइली, मुना बराइली, दिक्षा विश्वकर्मा, सुरज विश्वकर्मा, विवेक सुन्दास र रोशन लाम्गादे चयन भएका छन् ।

संगठनका जिल्ला अध्यक्ष निर्मल लाम्गादेले सहजीकरण गरेको भेलामा संगठनको केन्द्रीय सदस्य निता घतानी, मुक्ति समाज झापाका अध्यक्ष तिलक गजमेर र झापाका पूर्व अध्यक्ष प्रदीप परियारले दलित विधार्थी संगठित हुनुको औचित्य प्रष्टाएका थिए ।

प्रकाशित मिति : भाद्र १५, २०७९ बुधबार  ९ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]