चैत्र ६, २०८० मंगलबार

Breaking News : प्रदेशको राजधानी विराटनगर राख्ने नेकपाको निर्णय , जुटेन नाम

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीले एक नम्बर प्रदेशको राजधानी विराटनगर राख्ने निर्णय गरेको छ । तिन दिनदेखि विराटनगरमा जारी पार्टीको बैठकले विराटनगर राजधानी तोकेपनि नाम भने अहिलेलाई थाँती राखेको नेताहरुले जानकारी दिएका छन् ।
राजधानीको नाम भने अर्को बैठकबाट टुङगो लगाउने बताइएको छ । जसमा राजधानी वृहत विराट क्षेत्रको विराटनगरमा हुनेछ । राजधानीको संरचना विराटनगर, इटहरी र गोठगाउँमा रहनेछ । राजधानीको संरचनामा कार्यपालिका र व्यवस्थापिका रहनेछ ।
दलका प्रतिनिधि र विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने नेकपा सांसदसँगको रायका आधारमा नेकपाले अन्तिम निर्णय लिएको बुझिएको छ । प्रदेशको नाम ‘कोशी’ राख्ने लभिङ भएको स्रोतको दावी छ ।

प्रकाशित मिति : बैशाख २०, २०७६ शुक्रबार  ५ : २३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]